नेपालको नयाँ नक्सा संबैधानिक रुपमा संस्थागत भएको खुसीयालीमा गोकर्णेश्वर नगरपालिका अगाडी दिप प्रज्वलन
कपन अनलाइन
काठमाडौँ,असार ४। भारतले कब्जा गरेको नेपाली भूमि कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको नयाँ नक्सा संबैधानिक रुपमा नेपालको नक्सामा समेटिएको खुसीयालीमा गोकर्णेश्वर नगरपालिका छहारी युवा क्लब अगाडी रास्ट्रिय झण्डा सहित बुधबार साँझ दिप प्रज्वलन गरिएको छ ।
बेशिगाउँ महिला समूह र उन्नति महिला समूहको आयोजनामा भएको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको प्रमुख सन्तोष चालिसे ,नगर प्रवक्ता तथा वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल , वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठ , समाजसेवी भावना ठकुरी,समाज सेवी किरण केसी,छहारी युवा क्लबका सचिब एबम समाजसेवी बुद्ध श्रेष्ठ,बेशिगाउँ महिला समूहका पदाधिकारीहरु, उन्नति महिला समूहका पदाधिकारीहरु,अत्तरखेल महिला समाजका पदाधिकारीहरु सहित स्थानीय बिभिन्न संघ संस्थाहरुको साथै स्थानीयले स्व स्फुर्त उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो ।
राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष सहित स्थानीयले नेपालको कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको नक्शा बनाएर दिप प्रज्वलन गरि सम्मान सहित खुसियाली प्रकट गरेका थिए।दिप प्रज्वलनमा उपस्थितहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा संसदबाट पारित हुनु ऐतिहासिक र महत्वपूर्ण रहेको बताएका थिए । सो कार्यक्रम छहारी युवा क्लबका अध्यक्ष कुमार श्रेष्ठले गरेका थिए ।
प्रतिनिधिसभाको बैठकले नयाँ नक्सा समेट्ने बिधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएपछि सो को खुसियालीमा नयाँ नक्साको चित्र बनाइ दिप प्रज्वलन गरिएको हो। राष्ट्रिय स्वाधिनताको मुद्दामा नेपालका सबै राजनीतिक शक्ति एकतावद्ध भएकोमा नागरिकमा खुसीयाली छाएको छ ।लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू-भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची—३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव शनिबार संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण दिनका रूपमा रहेको सहभागीहरुले बताएका थिए ।