शंखरापुर नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा सुष्मा कोइराला मेमोरियल ट्रष्टको आर्थिक सहयोग
कपन अनलाइन
कपन,असार ३। शंखरापुर नगरपालिका ले कोरोना संक्रमण रोकथामको लागि स्थापना गरेको बिपद ब्यबस्थापन कोषमा आर्थिक सहयोग गर्ने क्रम निरन्तर जारी रहेको छ। उक्त कोषमा सुष्मा कोइराला मेमोरियल ट्रष्ट द्वारा ५० हजार सहयोग गरेको छ।
नगरपालिकामा एक कार्यक्रम बीच ट्रष्ट कि अध्यक्ष सृष्टि कोइरालाले शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । सहयोगि हातहरु लाई धन्यवाद दिदै नगर प्रमुख श्रेष्ठले कोरना भाइरस रोकथामको लागि नगरले गरेको प्रयास बारे अबगत गराएका थिए । उनले विश्वभरी फैलिएको महामारी बिरुद्ध लड्न सबैले हातेमालो गर्नु पर्नेमा जोड दिदै एक द्वार प्रणाली अनुरुप राहत वितरण गरेको जानकारी गराए ।दाताहरु बाट प्राप्त सहयोग फिल्डमा स्वास्थ्यकर्मीहरुको लागि आबश्यक बन्दोबस्तीका सामान,बिपन्न तथा ज्याला मजदुरी गरि खानेहरुलाइ राहत वितरणमा खर्च गरिने नगर प्रमुख श्रेष्ठले जानकारी गराए ।