बागमती प्रदेस सरकारको प्राथमिकतामा पुष्पलाल प्रदेस र काठमाडौं उपत्यका काँठ चक्रपथ

बागमती प्रदेस सरकारको प्राथमिकतामा पुष्पलाल प्रदेस र काठमाडौं उपत्यका काँठ चक्रपथ

कपन अनलाइन 

काठमाडौं ,असार ३ ।

बागमती प्रदेस सरकारले पुष्पलाल प्रदेस चक्रपथ र उपत्यका काँठ चक्रपथका लागि बजेट व्यवस्था गरेको छ ।प्रदेसका  रामेछाप- दोलखा- काभ्रेपलान्चोक -सिन्धुपाल्चोक- रसुवा – नुवाकोट – धादिङ – चितवन -मकवानपुर – सिन्धुली – रामेछापको जोड्न बाकि खण्डलाई पुरा गरि प्रदेस चक्रपथ निर्माण गर्नका लागि बजेट व्यवस्थापन गरेको बागमती प्रदेस सरकारले उपत्यकाक काँठ क्षेत्र समेटेर निर्माण हुने चक्रपथमा संचालित निर्माणलाई निरन्तरता दिदै बाँकी क्षेत्रमा पनि निर्माण शुरु गरिने बागमती प्रदेसका पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले बताएका छन।

बागमती प्रदेस सरकारले  चुरियामाई सुरुङलाई संरक्षण गरी ऐतिहासिक यातायात पूर्वाधार अध्ययन केन्द्रको रुपमा विकास गर्ने योजना ल्याएको जानकारी दिदै मन्त्रि फुयालले पोष्टबहादुर बोगटी सुरुङमार्ग आगामी ४ वर्ष सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन।

प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश ढुंगेलले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि प्रस्तुत गरेका योजनाहरु   :

१. प्रदेश राजधानीलाई छोटो, भरपर्दो र दिगो रुपमा संघीय राजधानीसंग जोड्ने मदन भण्डारी मार्ग अन्तर्गत भैसे ( भीमफेदी र कुलेखानी (हेभी) ( सिस्नेरी ( दक्षिणकाली सडक खण्डलाई दुई लेनको सडकमा स्तरोन्नति कार्यको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
ज्ञद्दद्द। प्रदेश गौरवको रुपान्तरणकारी आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी सुरुङमार्ग (भिमफेदी–कुलेखानी) को निर्माण कार्य संघीय सरकारको सहकार्यमा आगामी चार बर्षमा सम्पन्न गरिने लक्ष्य सहित आवश्यक बजेटको व्यवस्था मिलाएको छु।
२. मुख्यमन्त्री सडक कार्यक्रम अन्तर्गत नजिकैको कालोपत्र सडकबाट स्थानीय तहहरुको केन्द्र जोड्ने सडकहरु बाह्रै महिना सञ्चालन हुने सडकको रुपमा स्तरोन्नति गर्न आगामी पाँच वर्षमा सम्पन्न हुने नीति अनुरुप बजेट व्यवस्था मिलाएको छु ।
३. प्रदेश यातायात गुरुयोजनामा रहेका प्रदेश लोकमार्ग, प्रदेश मार्ग तथा शहरी सडकहरुमा पर्ने सडकपुलहरुको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन बजेट विनियोजन गरेको छु ।
४. पुष्पलाल प्रदेश चक्रपथ (रामेछाप- दोलखा- काभ्रेपलान्चोक -सिन्धुपाल्चोक- रसुवा – नुवाकोट – धादिङ – चितवन -मकवानपुर – सिन्धुली – रामेछाप) को जोड्न बाँकी सिन्धुपाल्चोक ( रसुवा खण्ड, धादिंङ, रामेछाप, दोलखा र अन्य खण्ड सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन र निर्माण कार्यको लागि आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
५. प्रदेशको ऐतिहासिक सम्पदाको रुपमा रहेको चुरियामाई सुरुङलाई संरक्षण गरी ऐतिहासिक यातायात पूर्वाधार अध्ययन केन्द्रको रुपमा विकास गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
६. काठमाडौँ उपत्यका काँठका सडक सञ्जाल जोडि काठमाडौँ उपत्यका काँठ चक्रपथको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन भैसकेको छ । बाँकी स्थानको विस्तृत परियोजना प्रतिवेदन र निर्माण कार्य शुरुवातको लागि बजेटको व्यवस्था गरेको छु ।

तपाइँको प्रतिक्रिया ।