नगरको योजना निर्माणमा फरक क्षमता ,बौद्धिक अपांगता र अभिभावक बिहिन बालबालिकाहरुलाई प्राथमिकता दिनुपर्छ : प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा

नगरको योजना निर्माणमा फरक क्षमता ,बौद्धिक अपांगता र अभिभावक बिहिन बालबालिकाहरुलाई प्राथमिकता दिनुपर्छ : प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा

कपन अनलाइन

काठमाडौं ,असार १।गोकर्णेश्वर नगरपालिकाले शुक्रबार आगामी आ.ब. ०७७/०७८ को नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न राय, सल्लाह तथा सुझाब संकलन हेतु बिज्ञ संग छलफल सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित पिस ब्यांकेटमा भएको उक्त कार्यक्रममा बिशेष अतिथि को रुपमा बोल्दै बागमती प्रदेशका प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले आयोजकलाइ धन्यवाद दिएका थिए । उनले  संघिय सांसद कृष्ण राइले दिएको सुझाब निर्देशन लाइ मान्नु पर्ने बताउदै उनले बोलेको एक एक कुरालाई निर्देशनको रुपमा मान्नुपर्ने आफुलाई लागेको बताए। उनले भोलि संघ र स्थानीय, त्यसै गरि संघ र प्रदेश बीच कुरा नमिलेको खण्डमा सबै कुरा डामाडोल हुने हुँदा त्यसमा विचार गर्न पनि नगर प्रमुखलाइ सुझाब दिएका थिए।

उनले अहिले जतिपनि काम कारवाही छन्, प्रदेशको खुलेर भन्न नसकेको पनि बताए।उनले प्रदेशलाइ संघले काम गर्न नदिएको कुरा मुख्य मन्त्रि लगायत प्रदेश मन्त्रीले समेत  खुलेर भन्न नसकेको बताए। उनले थप्दै भने उहाहरु एउटा पार्टी बाट प्रतिनिधित्व गर्ने भएको हुँदा पनि बोल्न गाह्रो भइरहेको बताए उनले २ नम्बर प्रदेशमा  फरक पार्टी भएको हुँदा संघले काम गर्न नदिएको कुरा भनिरहेको बताए । उनले प्रदेशमा व्यवस्थापनको भूमिकाहरुको  उचित प्रवन्ध नगर्दा प्रदेश चेपुवामा परेको बताए।

उनले स्थानीय सरकार आज भोलि को सरकार नभई धेरै पहिला स्थापित सरकार भएको बताउदै अहिले सो स्थानीय सरकारमा हाल सन्तोष चालिसे एउटा पात्र मात्र भएको बताउदै गोकर्णेश्वर नगरपालिका नया पर्यो होला तर त्यो पनि हिजोकै एउटा स्थानीय सरकार थियो नै भन्दै उनले त्यहा केहि न केहि निकायको को रुपमा स्थानीय सरकार नै भएको बताउदै  यहाँ केहि न केहि व्यवस्थापकीय ढंगले अगाडी बढिरहेको हुँदा उहाहरुलाई सजिलो छ तर  प्रदेशलाइ  त्यो सजिलो नभएको बताए। व्यवस्थापन राम्रो संग गर्न सकिएन भने हामी  फेलिएर स्टेटमा पुग्छौ भनेर  धेरै ठुलो आदर्श बादी अभियन्ताहरुले पनि यस्तो कुरा बताउदै आएको बताए।

उनले आज भएको सो कार्यक्रममा पनि व्यवस्थापकीय कमि कमजोरी देखिएको बताउदै आगामी दिनमा त्यसलाई सुधार गर्न सुझाब दिएका थिए उनले कार्यक्रमको शिर्षकमा बजेट राखिएको प्रति ध्यानाकर्षण गराउदै बजेट भन्ने बिषयको छलफल को संग गर्ने हो भन्दै   नीति तथा कार्यक्रमको चाहि छलफल गर्नु पर्ने  बिशेष अतिथि हरुलाई बोलाएर छलफल गरौ तर योजना राख्ने कुरा, तर बजेट नै राख्ने हो भने आर्थिक विधयेक किन नल्याएको छलफल गर्नको लागि  भन्दै प्रश्न गरेका थिए। उनले आर्थिक विधयेक बिना बजेट सम्भब नहुने भन्दै आर्थिक विधयेक हुन्छ  नीति तथा कार्यक्रम हुन्छ र त्यस पछि आएर बजेट विनियोजन विधयेक हुने भन्दै  कहिले पनि मासमा आएर बजेट भन्ने शब्द प्रयोग नगर्न सुझाब दिएका थिए ।वडा अहले सम्म के गरिरहेको छ भन्दै समस्याहरुको सुनावाई गर्न पहल किन नगरेको भन्दै प्रश्न गरेका थिए ।

उनले संघिय सांसदले पुरा समय कार्यक्रमलाइ दिन नसकेकोमा दुख ब्यक्त गर्दै जनताको समस्या योजना सुन्नु पर्नेमा आफ्नो धारणा राखेर हिडेको बताए ।उनले अब आफ्नो कुरा समेत सुनाउन नपाएको बताउदै आफु कुनै पनि कार्यक्रममा जाँदा पुरा समय दिने गरेको स्मरण गर्दै बरु पुरा समय दिन नसकिने देखिएमा त्यस्तो कार्यक्रममा आफु नजाने गरेको बताए  उनले बिज्ञ संग थोरै संख्यामा छलफल गर्न सकिने भन्दै विषम परिस्थितिमा मास जम्मा गर्न नहुने धारणा राखेका थिए।  उनले स्थानीयके के के आवश्यक छ के के योजना छ, उनीहरुको समस्या सुन्नको लागि नीति तथा कार्यक्रमको बारेमा वडा वडामा छलफल गर्दा ठोसर बास्तविक  योजना आउने हुँदा त्यसो गर्न पनि सुझाब दिएका थिए ।

 उनले कोरोना महामारीको कारण आज विश्व अर्थतन्त्र धरासायी भएको स्थितिमा रहेको भन्दै त्यसमा नेपाल पनि अछुतो रहन नसक्ने बताए ।उनले त्यसकारण भोलि पूर्वाधारको कुरा गर्ने हो भने प्रदेश गौरबशाली योजना भनेर दुइटा तीन वटा भन्दा बढी नहोस ,जिल्लाको गौरबशाली योजना भनेर एउटा एउटा होस् भन्ने सुझाब दिएका थिए। त्यस्तै उनले नगरपालिकाले पनि ९ वटा वडामा पनि  वडा एक एक वटा गौरब शालि योजना हाल्नको लागि सुझाब दिएका थिए भने नगरको एउटा मात्र गौरब शाली योजना हाल्नको सुझाब दिएका थिए। उनले स्वास्थ्य शिक्षा र रोजगारलाइ जोडेर  प्राथमिकतामा राखेर योजना भएन भने नगरपालिका पनि फेल हुने बताए।उनले आज सम्म ७५३ वटा स्थानीय तहमा गोकर्णेश्वर नगरपालिकाले गर्दै आएको कामले गर्दा सबैले चिन्ने नगरपालिका सबैको काममा परेको नगरपालिका भोलिका दिनमा पनि  दिर्घकालिन रुपमा सोचेर  योजना बनाउनु पर्ने बताए।

उनले अहिले सम्म नगरपालिकाले गरेको उपलब्धिलाइ पनि बताउनु पर्ने धारणा राखेका थिए। उनले गोकर्णेश्वर नगरपालिकाले स्थनीय पाठ्यक्रम लागु गरेर ठुलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै  उनले हिजो  सहकारी अभियन्ता भन्ने हरु संकटमा कहाँ गए भन्दै प्रश्न गरेका उनले समुदायको नेतृत्व कसले गर्ने भन्दा हिजो ठुलो ठुलो कुरा गर्ने  अर्थतन्त्र का तीन पिल्लर मध्ये  सहकारी पनि एक भएको संबिधानमा नै उल्लेख गरिए पनि संकटमा उनीहरुको उपस्थिति नदेखिएकोमा दुख ब्यक्त गरे। उनले संकटको बेलामा समुदायमा आएनौ भने किन पिल्लरको रुपमा ब्याख्या गर्ने  उनको प्रश्न रहेको थियो ।

उनले योजना मात्र राम्रो राम्रो ल्याउने तर कार्यन्वयन पक्ष फितलो हुन नहुने तर्फ पनि ध्यान दिनु पर्ने बताए। उनले बिशेष गरेर नगरपालिकामा दुइटा कुरामा बिशेष ध्यान दिन अनुरोध गरेका थिए। उनले अलिकति समाज बाट हेपिएको दबिएको या अलिकति नैतिक रुपले आगाडी बढ्न नसकेको समुदाय लाइ थप प्राथमिकता दिएर हेर्न अनुरोध गरेका थिए। उनले  फरक क्षमता भएका  बौद्धिक अपांगता भएका अभिभावक बिहिन बालबालिकाहरुलाई बिशेष गरि प्राथमिकतामा राखेर योजना निर्माण गर्नको लागि अनुरोध गरेका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।