पत्रकारितामा ‘झरना’ कै पर्याय झरना अधिकारी

पत्रकारितामा ‘झरना’ कै पर्याय झरना अधिकारी

कपन अनलाइन

काठमाडौं ,असार १।

‘तपाईँको प्रयास नै तपाइँको ठूलो सफलता हो’ – अमेरिकी विद्वान् डा. सेमौर एपस्टीनले भनेका छन् । धेरै सफलता प्राप्त गर्ने मानिसहरु आफनो समयलाई व्यर्थमा वा अप्ठेरा तरिकामा नकारात्मक विचारमा अल्झाउँदैनन् ।

उनीहरु रचनात्मक ढंगले सोच्छन् । अनि उनीहरुलाई के पनि थाहा हुन्छ भने आफ्नो सोचाइको तरिकाले नै सफलता तय गर्छ । हामीले सधैँ सकारात्मक सोच लिए निरन्तर कोसिसले सजाएका ती सपना साकार पार्न सक्छौँं । सबै सफल मानिसले ठूला–ठूला काम गरेका हुँदैनन् तर, स–साना कामलाई कुशलतापूर्वक गर्छन् । यही भनाई हु–बहु जीवनमा उतार्ने पात्र हुन् झरना अधिकारी ।
यही तौरतरिकाबाट सफलताको शिखरतर्फ उक्लिएको छ झरना अधिकारीको जीवन पनि । अध्ययन र कामको शिलशिलामा हाल अमेरिकामा रहेकी झरना अधिकारीले कसैले औंला ठड्याउन नसक्नेगरी जीवनयापन गर्दै आएकी छन् ।

सारै व्यस्तताका बाबजुद पनि राजनीति र पत्रकारिता सकृय हुँदै २ वटा पुस्तक तयार पार्न सफल अधिकारीले अर्को वर्ष पुस्तक विमोचनको तयारी गरिरहेकी छन् । यो कुराले लेखन कार्यमा उनको लगाव के कति छ भन्ने कुरा प्रमाणित गरेको छ ।

अर्को शब्दमा भन्नुपर्दा ‘जहाँ ईच्छा, त्यहाँ उपाय’, भन्ने यो उद्गार उनको जीवनमा ठ्याक्कै मेल खाएको छ । अर्थात उनको लगनशिलता कारण यो भनाई उनकै लागि भनिएको पो हो कि भन्ने भान भएको छ ।
बुबा दिपक अधिकारी, आमा जानकी अधिकारीकी सुपुत्री झरना जस्को जन्म शिक्षित परिवारमा भएको थियो पढाईमा अब्बल भएका कारण विशेषगरी आमाको डक्टर बनाउने चाहना थियो।

तर झरनाको चाहना भने अर्कै, उनी चाहन्थिन डक्टर भएपछि सीमित आम्दानी र बन्धन हुने भएकाले उनी स्वतन्त्र पेशा अपनाउन चाहन्थिन अर्थात उनी पत्रकारीता समाजसेवा र राजनीति गर्ने उनको भित्री ईच्छा थियो । यही कारण आमा जानकी केही समय रिसाउनु भएको थियो । पछि एफएम रेडियोबाट झरनाको स्वरमा समाचार सुनेपछि बल्ल खुसी हुनुभएको थियो ।
त्यतिमात्रै हैन, समाजसेवाको क्षेत्रमा समेत उनी अब्बल नै थिईन् । त्यसो त काम गर्ने दौरानमा उनले दर्जनभन्दा बढी संघ संस्थाको अनुभव पनि उनले हासिल गरेकी थिईन । जुनसुकै क्षेत्रमा उनको प्रवेश पश्चात सफलता हासिल नगरेको सायद कुनै क्षेत्र छैन होला ।कलिलै उमेरदेखि नै हक्की स्वभावकी धनी झरना विद्यार्थीकालमा निकै जिज्ञासु थिईन् । त्यसो त पढाई अब्बल झरना कक्षा जम्प गर्दै १३ वर्षमा एसएलसी दिन सफल भएकी थिईन् ।

हरेक विषयमा चोसो राख्ने र उक्त विषयलाई व्यवहारमा उतार्ने उनको बानी थियो । त्यतिमात्रै हैन, निरास नहुने, संकटमा पनि सम्भावना खोज्न सक्ने बढो गज्जवको खुबीका अलावा आफूले नजानेका विषयमा ध्यानपूर्वक सुन्ने र सही हो भन्ने अनुभूति भएपछि आफैं निर्णय गर्ने क्षमता उनमा थियो । सायद यही क्षमता भएका कारण उनले हात हालेका सबैजसो क्षेत्रमा सफलता मिलेको कुरा उनलाई नजिकबाट नियाल्नेहरुले भन्ने गरेका छन् ।

उनको अर्को विशेषता भनेको आफ्नो रुची र आत्मसन्तुष्टिसँग कहिल्यै सम्झौता नगर्ने अर्को गुण पनि उनमा निहित थियो र उक्त रुचीलाई व्यवहारमा उतार्न सक्ने खुवी भएका कारण उनी सफल पत्रकार बन्न सफल भएकी छन् ।

जहाँ मन बस्दैन, त्यहाँ काम गर्नुको अर्थ छैन भन्ने आफ्नै सिद्धान्तमा अडिक रहने झरना आज अमेरिका जस्तो व्यस्त सहरमा बसेर पनि पुस्तक लेखनमा तल्लिन रहनुले यही कुरा पुष्टि गरेको छ । परिवेश जस्तोसुकै होस्, आफूले गर्ने कामको जिम्मेवारीवोध भयो भने कुनैपनि काममा सफलता हासिल गर्न कुनै अप्ठेरो नपर्ने दावी गर्दै उनी भन्छिन्– म कहिले पनि आफ्नो जिम्मेवारी भुल्दिन, यदि कसैले जिम्मेवारी भुल्छ भने उस्ले जीवनमा कहिल्यै पनि सफलता हासिल गर्न सक्दैन । यो कुरा आफ्नो जीवनमा उतार्न सफल भएकै कारण आज उनी अग्ला अग्ला पहाडमा निरन्तर बगिरहने झरनाकै पर्याय बनेकी छन् ।
कान्तिपुर पब्लिकेशनको सह–प्रकाशन नारी मासिक पत्रिकामा उप सम्पादकजस्तो पदमा १३ वर्ष बिताएकी झरनाले उक्त पदको गरिमा कहिल्यै घट्न दिईनन् । स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेकी झरनाले मिडिया प्वाइन्ट भन्ने संस्थाबाट एकवर्षको तालिम समेत लिएर नेपाली पत्रकारिताको इतिहासमा विशेषगरी नारी विधामा कलम चलाउने महिला पत्रकार मध्ये एक हुन् झरना अधिकारी ।

त्यतिमात्रै हैन, पत्रकारिता गर्ने दौरानमा उनी नेपाल पत्रकार महाँसंघ कान्तिपुर शाखाको सदस्य र नेपाल पत्रकार महाँसंघको केन्द्रीय सभासद समेत निर्वाचित भएकी थिईन् उनी ।विशेषगरी शिक्षा, बजार, सौधर्य, फेसन,समाजसेवा, राजनैतिक, लगायतको क्षेत्रमा कलम चलाएकी झरनाको उच्च मूल्याँकन गर्दै विभिन्न संघ/ संस्थाले गरेको सम्मान हात पार्न सफल भएकी थिईन ।

त्यतिमात्रै हैन, सौधर्य नारी सम्मानबाट २०७३ बाट सम्मानित समेत भएकी कान्तिपुर पब्लिकेशनबाट उत्कृष्ठ कर्मचारी पुरस्कार, मिस नेपाल, मिस मारबाडी, मिस नेवा, मास्टर किट्स मिस इपान मेकअप कम्पिटिसन, डिजाइनर कन्टेष्टको निर्णायकको पनि भूमिका निभाएकी थिईन । त्यसैगरी सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रेस युनियन, सञ्चारिका समूह, नारी म्यागेजिन, नेपाल उद्योग बाणिज्य संघ चितवनबाट पनि सम्मानित हुने पात्र हुन ।
आर्थिकरुपमा सम्पन्न परिवारमा जन्मिएकी झरनाले कक्षा १० मा अध्ययन गर्दैगर्दा ट्युशन पढाएर खर्चको जोहो गर्ने गर्थिन । किनकि, उनी आफ्नो काम आफै गर्ने र काम गरेपछि खर्च आउँछ, खर्च आफैले कमाएपछि अरुसँग हात फैल्याउनु पर्दैन भन्ने कुरामा सानैदेखि सचेत थिईन। हुने विरुवाको चिल्लो पात भनेझैं आफूपनि भविष्यमा यस्तै सफल बन्छु भन्ने लागेर होला उनी यही उमेरदेखि नै महिला सम्बन्धि हरेक पत्रिका निकै चासो लिएर पढ्थिन् ।

ओछ्यानमै बसेर चिया खाने १७/१८ वर्षको उमेरमा विहान ४ बजेर उठ्ने करिब ७ किलोमिटर यात्रा तय गर्ने र समाचाको तयारीमा लाग्ने झरनाले छोटो समयमा पत्ररितामा निकै राम्रो पक्कड जमाउन सफल भएकी थिईन् ।

उनले पढेका विषयलाई फरक एवं मिठासपूर्वक प्रस्तुति गर्ने क्षमता भएका कारण र राजनैतिक तथा अन्य क्षेत्रमा शिखर चुमेका महिला हस्तीहरुको कभरस्टोरी लेखेर चर्चित भएकी झरनाले पत्रकारिता गर्ने नयाँ पुस्ताकालागि बाटो देखाउने काम गरेको कुरा सम्झनेको संख्या निकै ठूलो छ । र त्यही जमात र उनका साथीहरुको उनीप्रति एउटै गुनासो छ,  सामाजिक र राजनीतिमा यतिधेरै चासो राख्ने, त्यसमाथि राजनैतिक वातावरणमा हुर्केकी र यति सकृय मान्छेले राजनीतिलाई निरन्तरता दिएहुन्थ्यो भन्ने सदासयताप्रति उनी भन्छिन्– यो कुरा परिस्थितिले निर्धाण गर्ने कुरा हो ।
यि र यस्तै विचार लिएर अघि बढेकी झरनाको कृयाकलापप्रति उनका श्रीमान् कुशल नहर्कीले पनि झरनाका हरेक गतिविधिमा महत्वपूर्ण भूमिका खेलिरहेका छन् । त्यसैगरी आमा बुबा र छोराहरुले पनि गौरव महसुस गर्दै उनको सिंढी चडाईप्रति साँँच्चिकै सद्भाव प्रकट गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।