काठमाडौंका विभिन्न संघ संस्थालाई तिनपिप्ले युवा क्लब,काभ्रेपलान्चोक ताजा तरकारी सहयोग

काठमाडौंका विभिन्न संघ संस्थालाई तिनपिप्ले युवा क्लब,काभ्रेपलान्चोक ताजा तरकारी सहयोग

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २७

काभ्रेपलान्चोक जिल्ला पाँचखाल नगरपालिकाको तिनपिप्लेमामा रहेको  “तिनपिप्ले युवा क्लब” ले बिभिन्न संस्थाहरुलाई ताजा  तरकारी सहयोग गरेको छ ।

गत आइतबार गोकर्णेश्वर नगरपालिकामा रहेका  बिभिन्न संस्था र आश्रमहरुलाई क्लबले हरियो तरकारी सहयोग गरेको हो।सो अवसरमा नारायणटार जोरपाटीमा रहेको अपांग केन्द्र , वडा नम्बर ९ मा रहेको बालगृह सुनौलो पाइला , वडा नम्बर ४ मा रहेको कान्तीभैरब गुरुकुलका  साथै अध्यात्म आश्रमलाई बिभिन्न थरिका तरकारी क्लबले सहयोग गरिएको थियो।

उक्त संस्थाहरुलाई बन्दा, सिमि , गोलभेडा, हरियो फर्सी, आलु, भेडे खुर्सानी, सिमि लगायत केहि बोरा चामल र नुन सहयोगमा गरिएको थियो।लकडाउनको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत क्लबले सो कार्य गरेको क्लबका अध्यक्ष सरोज धितालले कपन अनलाइनलाई बताए।

क्लबले काठमाण्डौ लगायत बनेपा र धुलिखेलका गरि ५०० भन्दा बढी आश्रम लाइ सहयोग गरिसकेको बताउदै अध्यक्ष धितालले बुढानिलकण्ठमा रहेको गुरुकुल , सोल्टीमोडमा रहेको आमाघर, पशुपतिमा अबस्थित बृद्वाश्रम लगायतमा पनि क्लबले हरियो तरकारी सहयोग गरेको जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।