बुढानिलकण्ठ नगरपालिकामा दुई स्थानमा स्थायी क्वारेन्टाइन स्थल निर्माण हुने
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २७।
बुढानिलकण्ठ नगरपालिकाले आपतकालीन अवस्थामा उपयोग गर्नका लागि दुई स्थानमा स्थायी क्वारेन्टाइन स्थल निर्माण गर्ने निर्णय गरेको छ।सो नगर कार्यपालिकाको बैठकले वडा नं २ र वडा नं १० वा १३ को एक उपयुक्त स्थानमा ति क्वारेन्टाइन स्थलहरु निर्माण गर्ने निर्णय गरेको हो।
यस पटकको महामारीमा मात्र हैन अन्य समयमा हुने हरेक विपत्तिमा प्रयोग गर्न सकिने योजनाका साथ ति क्वारेन्टाइन निर्माण गर्न लागिएको बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले बताएका छन। बहुउपयोगी संरचनामा क्वारेन्टाइन स्थल निर्माण गर्नुपर्ने आवस्यकता रहेको वर्तमान विषम परिस्थितिले सिकाएको भन्दै प्रमुख खरेलले अन्य विकास योजनाहरु पनि निर्माणको चरणमा रहेको जानकारी दिएका छन।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षमा ठुला पूर्वाधार विकासमा जोड दिने भन्दै नगर प्रमुख खरेलले वडा नं १० मा रहेको ह्याण्डबल खेल मैदानको मैदानको यहि आवको असार महिना भित्र टेन्डर भएर काम शुरु हुने बताए।
त्यस्तै बुढानिलकण्ठ नगर अस्पताल र सिर्जना ग्राम निर्माण जस्ता महत्वपूर्ण योजना शुरु गर्ने गरि तयारी थालिएको बताउदै प्रमुख खरेलले नगरपालिकामा निर्माणाधीन दर्जनौ पार्कहरुलाई आगामी आर्थिक वर्षमा उद्घाटन गर्ने लक्ष्य राखिएको जानकारी दिएका छन।