कोरोना ! ( कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २३ /केशव अधिकारी
कोरोना कष्ट यो अति भयो
मानव जगतमा कसरी आयो ?
किन आयो, के मिसियो रगतमा ?
त्रास छ उस्तै जनहरुमा
का छ र नछोएको ?
रोदन छ उस्तै मृत्युहरुमा
को छ र नरोएको ?
बाधिए श्रमिकका हातहरु
हुने भो पेट खाली
भाइरस बनायो कसले
भएर यति जाली ।
डर लाग्छ कतै अब यो
पृथिबी घुम्दैन कि ?
फुलेका फुलमा रस खादै
भमरा चुम्दैन कि ।
थाहा छैन के हो यो कोरोना
रहन्छ कहिले सम्म
बसौ आफ्नै घरमा
कोरोना रोकिन्न जहिले सम्म ।
(अधिकारी धादिंग जिल्लाको गजुरी गाउँपालिका वडा नं ७ का अध्यक्ष हुन् )
तपाइँको प्रतिक्रिया ।