पर पर जाइजा ! (बालगीत )

पर पर जाइजा ! (बालगीत )

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १९ /कृष्ण सुवेदी (भारद्वाज मित्र )

 

कोरोनाको हैजा

पर पर जाइजा

सफा सुघ्गर गर्ने

हामीतिर न आइज !

 

बेसारपानी खाने

लसुन अदुवा हालेर

कागतीको अमिलो

राम्रो साथी ठानेर !

 

आइसक्रिम खान्न

भिडभाडमा जान्न

पानीपुरी चट्पटे

म त छुँदैछुन्न !

 

बाइरफेर गर्दा हिन्छु

नाकमुख छोपेर

परपरै आदर गर्छु

दुई हात जोरेर !

 

तातो तातो पानी

म त धेरै खाने

साबुनले हात धोई

खाना, खाजा खाने !

 

धेरै माया गर्छन्

हाम्रा बाबा आमा

तातो न्यानो पार्छन्

लगाएर नाना !

 

पर पर जाइजा

कोरोनाको रुडी

यता नआइज

रुन्छन् बुढाबुढी

तपाइँको प्रतिक्रिया ।