बौद्ध व्यापार संघले काठमाडौं महानगरपालिका वडा नं ६ लाइ ज्ञापनपत्र बुझायो

बौद्ध व्यापार संघले काठमाडौं महानगरपालिका वडा नं ६ लाइ ज्ञापनपत्र बुझायो

कपन अनलाइन

काठमाडौं जेठ १९। काठमाडौं महानगर पालिका वडा नं बौद्धमा स्थित बौद्ध ब्यापार संघले वडा कार्यलयमा ज्ञापन पत्र बुझाएको छ। आइतबार बौद्ध व्यापार संघले का म न पा वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामालाई ज्ञापन पत्र बुझाएको हो। उक्त ज्ञापन पत्रमा भनिएको छ,

विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस को कारण देश लकडाउनमा रहेकोले उक्त क्षेत्रका व्यवसाय र व्यवसायीका गतिबिधि पनि पूर्ण रुपमा बन्द भएको  र बिगतमा पनि बिनाशकारी भूकम्प नाकाबन्धि बाटो विस्तार जस्ता कारण व्यवसायिक गतिबिधि तथा बातावरणमा प्रतिकुल असर परेको थियो ,यस्ता चुनौतीहरुको सामना गर्न स्थानीय घरधनि र व्यवसायी मिलि सामना गरेको उल्लेख गरिएको छ।

साथै बिभिन्न चुनौतीहरुको सामना गर्दै अगाडी बढ्डा फेरी कोरोना महामारीको पनि सामना गरि अगाडी बढ्नु पर्ने आस्था सिर्जना भएको छ। ज्ञापन पत्रमा लेखिएको छ महामारी झन् बिकसित रुप धारण गरिरहेको अवस्थाका बाबजुत पेशामा फर्किनु पर्ने अवस्था सृजना भएको छ। भनिएको  छ, यस्ता चुनौतिको सामना गर्दै पेशा  व्यवसायलाइ पुनर्जीवित गर्ने सहास लिएको भन्दै त्यो साहसलाइ प्राथमिकतामा राखी सहयोग पुर्याउन हुने बिशेषत स्थानीय घर धनि जन प्रतिनिधि,बुद्धिजीवी सामाजिक अभियन्ताहरु लगायत सुरक्षा निकाय संचारकर्मी र बिभिन्न संघ सस्था तथा सम्पूर्णमा निम्न मागहरु पेशा गरेको उल्लेख गरिएको छ।

१) लकडाउन भरिको भाडा छुट गर्न स्थानीय तथा घरधनिहरु संग छलफल चलाई पहल गरिदिन अनुरोध गरिएको छ।

२) आर्थिक वर्ष २०७७/७८ को बजेटमा  सो वडाले व्यवसायी कर छुट व्यवस्था मिलाउन।

३) सो वडामा रहेका व्यवसायिक क्षेत्रहरुमा स्थान बिशेष व्यवस्था गर्ने जस्तै सरसफाई, स्वास्थ्य सुरक्षा सामग्री  मास्क, पन्जा आदिमा योजना बनाउन  पनि वडा बाट उच्च सहयोग र साथ प्राप्त हुने अपेक्षा सहित ज्ञापन पत्र बुझाएको बौद्ध ब्यापार संघका अध्यक्ष दिपक चौलागाईले कपन अनलाइनलाइ जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।