छिट्टै फर्की आऊ है प्यारा ! (कविता )
कपन अनलाइन
धादिंग ,जेष्ठ १७ /मुक्तिकला लामिछाने (सरू)
छिट्टै फर्की आऊ है प्यारा, गाह्रो भयाे बाच्नलाई
तिम्रो नामकाे सिन्दुरपाेते सतित्वलाई साँच्नलाई ।
गिद्दे नजर लाउँछन् सारा घरमा एक्लै देखेपछि
गाह्रो भयाे विष्णु अनि जलान्धरलाई दाँज्नलाई ।
भयङ्कर छ गाेमा अनि द्राेपदीकाे कथा पनि,
साह्रै भयाे कलियुगकाे सीता बनी बाच्नलाई ।
सत्य, त्रेता, द्वापार, कलि बाँकी छैन कुनै युग
सदीयौंकाे नारी हिंसा जरैदेखि मास्नलाई ।
कडा बनाेस् कानुन अब सचेत रहुन सबैजना
, जाेगाई अाफ्नाे अस्मितामा निर्धक्कले बाँच्नलाई
जाेगाई आफ्नाे अस्मितामा निर्धक्कले बाँच्नलाई ।
तपाइँको प्रतिक्रिया ।