जगडोलको माया (कविता)

जगडोलको माया (कविता)

कपन अनलाइन 

काठमाडौं जेठ १४/  इश्वर नगरकोटी

जगडोल गाउँ, ती सल्लाघारी, सिरसिरे बतास
कुरेर बस्छु, आउँदिन भनी ,जिस्केर नहाँस ।।

डाँडामा बसि हेर्दामा खेरी काठमान्डौ झलल
दिलभित्र तिम्रो राखेको तस्विर हेर्दछु हरपल ।।
दुइतिर देख्ने पर्सिद्ध गुम्बा गाउँको समास
कुरेर बस्छु, आउँदिन भनी जिस्केर नहाँस।।

उत्तरतिर देखिने अग्लो डाडा छ तारेभिर्
कर्के नजरले नहेर मलाइ, नहान छड्के तिर् ।।
काठमाडौँ शहर घुमाउँला तिमीलाई त्यो जोवन नमास
कुरेर बस्छु आउँदिन भनी जिस्केर नहाँस ।।

सहिद पार्क, झन्डाको पार्क घुम्नलाई ठाउँ छ ।
राम्रोमा राम्रो तिमीलाई मन पर्ने यो मेरो गाउँ छ ।।
जगडोल गाउँ, ती सल्लाघारी सिरसिरे बतास
कुरेर बस्छु, आउँदिन भनी जिस्केर नहाँस ।।

(कवि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोल निवासी शिक्षक समेत हुन )

 

तपाइँको प्रतिक्रिया ।