छहारी भवनमा ६ दिने क्वारेन्टाइनको अमिलो अनुभव बोकेर फर्किए अग्रमोर्चाका योद्दाहरु
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १४।
बुढानिलकण्ठ नगरपालिकाको प्रकोप नियन्त्रण तथा रोकथामको अग्रमोर्चामा रहेर सक्रिय रहेका छहारी भवनको क्वारेन्टाइनमा ६ दिन विताएर अमिलो अनुभव बटुल्दै PCR नतिजा नेगेटिभ आए संगै घर फर्किएका छन।
स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,संचारकर्मी ,कर्मचारी ,नगर प्रहरी ,राजनीतिक दलका नेता ,स्वयंसेवक लगायतका अग्र मोर्चाका व्यक्तिहरुमा RDT पोजिटिभ देखिएर क्वारेन्टाइन पठाइए संगै यसले नगरपालिकामा निकै चासो ,चिन्ता ,जिज्ञासा र सन्त्रास उत्पन गराएको थियो।
दैनिक रुपमा प्रत्यक्ष जनसम्पर्कमा रहेर काम गरिरहेका जनसम्पर्क व्यापक भएका व्यक्तिहरुको खुल्ला रक्तदान कार्यक्रम गरे जसरि सार्वजनिक स्थानमा परिक्षण गर्दा त्यस बाट आएको परिणाम पनि खुल्ला भएको थियो जुन भुसमा आगो जसरि नगरपालिका भरि फैलियो जसले गर्दा यसले नगरपालिकामा निकै असजिलो शंका र आशंकाको स्थिति पैदा गरिदियो।
RDT परिक्षण प्रारम्भिक जाँच मात्र भएको बुझाउन नसकिएको अवस्थामा धेरैले यसैलाई अबुझ बनेर कोरोना भनि प्रचार गरिदिदा पन यसले माहोललाई निकै ततायो भने यसले क्वारेन्टाइनमा रहेकाहरुमा पनि निकै ठुलो मानसिक प्रताडनाको अवस्था सिर्जना गरिदिएको क्वारेन्टाइनमा बसेका हरुले अनुभव सुनाएका छन।
त्यसरी बहेको गलत प्रचार र तथ्यहीन गलत भाइरल सूचनाका कारण नगरपालिकामा अग्र मोर्चाका योद्दाहरुमा पनि नकारात्मक असर पारेको देखियो भने क्वारेन्टाइन भवनमा रहेकाहरुले अन्य व्यक्तिहरु बाट पाएको व्यवहार पनि बिर्संलायक बनेको अनुभव सुनाएका छन।
क्वारेन्टाइन बसेको छैटौ दिन १ बजे तिर PCR नतिजा लिएर घर फर्किरहदा त्यो कस्टपूर्ण र अनावस्यक गलत प्रचारले सिर्जना गरेको अन्यौलता र पिडा प्रस्ट देखिन्थ्यो।
विभिन्न वडाका अगुवाहरुले नै सामान्य परिक्षणको नतिजा आउदा कस्तो अवस्था आउने रहेछ र त्यस पश्चात मानिसहरुको व्यवहार आउने नाटकीय परिवर्तन र क्वारेन्टाइनको अवस्थाको वारेमा ६ दिन त्यहि बिताएका पत्रकार विकास लामाले आलेख मार्फत प्रस्तुत गर्ने तयारीमा रहेको बताएका छन।फोटो सौजन्य :बिएसजी न्युज