पाँचपोखरी थाङ्पाल गाउपालिकाको कोषमा वडा- ६ का स्थानीय अधिकारीको ५१ हजार सहयोग
कपन अनलाइन
सिन्धुपाल्चोक ,जेष्ठ ७।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउपालिकाको विपद व्यवस्थपन कोषलाई वडा नं.६ का स्थानीय मान बहादुर अधिकारीले ५१ हजार रकम सहयोग गरेका छन ।
यस अघि सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवा सुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ”मा जम्मा गर्ने निर्णय गरेका थिए भने गाउँपालिकाले ५० लाख रुपिँयाको “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ” स्थापना गरेर काम गरिरहेको र सो कोषमा रकम जम्मा गरिएको गाउँपालिकाका प्रवत्ता एवम् वडा नम्बर २ का वडा अध्यक्ष पासाङ लामा लामाले जानकारी दिएका छन।
त्यस्तै अहिलेसम्म उक्त काेषमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक र संघ/संस्थाबाट करिब एक कराेड जम्मा भएकाे रकममध्ये ५० लाख खर्च भएकाे गाउँपालिकाका जानकारी दिदै अध्यक्ष टासी लामाले जानकारी दिदै गाउँ पालिकाले प्रकोप नियन्त्रण तथा रोकथामका लागि अथक प्रयास गरिरहेको बताएका छन।
गाउँपालिकाका विभिन्न स्थानमा स्वास्थ्य परिक्षण केन्द्र स्थापना ,सचेतना र अन्य अभियान संचालन गरेको गाउँपालिकाले कृषि क्षेत्रका लागि पनि विभिन्न कार्यक्रम ल्याएको अध्यक्ष लामाले जानकारी दिएका छन।