ओखलढुंगामा सडक संजाल विस्तारमा सांसद यज्ञराज सुनुवारको पहल

ओखलढुंगामा सडक संजाल विस्तारमा सांसद यज्ञराज सुनुवारको पहल

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ७।

कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम संग संगै ओखलढुंगा जिल्लाका विभिन्न स्थानीय तहमा पूर्वाधार विकासको काम पनि जारि रहेको छ।सामाजिक दुरी कायम गरेर सुरक्षित तरिकाले जिल्लामा बढेका योजनाहरु मध्ये महत्वपूर्ण योजना हो  नवलपुरघाट-पलापुभञ्ज्याङ्-ताप्के डाँडा -ककनि -कोषभञ्ज्याङ् सडक खण्ड।

ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले पटक पटक महत्व दिएर उल्लेख गर्ने योजनामा लिखु ,मोलुंग ,दुधकोशी एकवार पछी यहि योजना आउने गरेको थियो।सुनुवारले ओखलढुंगा जिल्लाका सडक संजालको महत्वपूर्ण सडक खण्डका रुपमा यो सडकलाई प्राथमिकतामा राखेको बताउदै  चम्पादेवी गाउँपालिकाको पाचौ गाउँसभामा यसको निर्माणको लागि पहल गर्ने प्रतिवादत्ता व्यक्त गरेका थिए।

यस सडक खण्डको महारुद्र भञ्ज्याङ् देखी चम्पादेबि गाउँपालिकाको केन्द्र ताप्के सम्मको मोटरबाटो जोडिएको छ भने अन्य खण्डको काम पनि जारिरहने बताउदै सांसद सुनुवारले प्रदेस ३ र १ को उत्तरी भेगलाई जोड्ने सिरिसे -पोखरीडाँडा -श्रीचौर -ओखलढुंगा सडकमा पनि निर्माण जारि रहेको जानकारी दिएका छन।

ओखलढुंगा जिल्लामा पूर्वाधार विकासको आधार तिन एकवार भन्दै आएका सांसद सुनुवारले जिल्लाको उत्पादनको  बाजारिकरण ,प्रवर्धन तथा पर्यटन विकासका लागि ढाडे -खिजीफलाटे -रावादोलु ,भुसिंगा सडक निर्माणको काम जारि रहेको बताउने  सांसद सुनुवारले यसले सो क्षेत्रको विकासमा मेरुदण्डको कामगर्ने विस्वास व्यक्त गरेका छन।

वर्षौ देखि निर्माण सम्पन्न हुन् नसकेको  ओखलढुंगा जिल्लाको पश्चिमी भेगको महत्वपूर्ण पूर्वाधार सिरिसे पुल सम्पन्न गर्न पहल गरेका सांसद सुनुवारले ओखलढुंगा – रामपुर-श्रीचौर -खिजीफलाटे  सडक निर्माण जारी रहेको बताउदै ढुस्के   -बिगुटार -राँगादिप-पात्ले सडकले पनि ओखलढुंगा जिल्लाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बाताएका छन।

 

नेपालको राजनीतिक परिवर्तनमा गौरवपूर्ण योगदान दिएको ओखलढुंगा जिल्लामा पूर्वाधार विकास गरि सुगम पहुच ,सहज आवागमन,आर्थिक सामाजिक र शैक्षिक विकासका लागि यी सडक संजालले ठुलो योगदान दिने बताउदै सांसद सुनुवारले आफु प्रतिनिधि सभा सदस्य भएको समय देखि पहल गर्दै आएका योजनाहरु सम्पन्न हुने चरणमा पुगेको जानकारी दिएका छन।

सडक संजाल विस्तार संगै आगामी दिनमा ठुला भौतिक योजना निर्माण र कृषि उत्पादनका योजनाहरुका वारेमा गहन छलफल पछी ठोस पहल गर्दै ओखलढुंगा जिल्लाको आर्थिक मुहार फेर्ने अभियानमा सहभागी बन्नका लागि जिल्लावासिलाई  आग्रह गरेका छन।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।