गोकर्णेश्वर – ४ मा कोरोना देखिएका व्यक्तिको सम्पर्कमा रहेका डेढ वर्षे बालक सहित ७ जनाको PCR परिक्षण
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ७ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा एक व्यक्तिमा कोरोना संक्रमण देखिए संगै संक्रमित क्षेत्र सिल गरिएको छ । करिव १ हप्ता अगाडी भैरहवा बाट काठमाडौं फर्किएका ति व्यक्तिको PCR जाच पोजिटिभ आए संगै वडामा उच्च सतर्कता अपनाइएको छ।
५५ वर्षका ति पुरुष गोकर्णेश्वर -४ किसिगालमा बस्दै आएका थिए। उनलाई उपचारको प्रवन्ध गर्दै उनको सम्पर्कमा आएकाहरुको विवरण संकलन गरि ७ जनाको PCR परिक्षण गरिएको छ ।
उक्त व्यक्तिका परिवारमा रहेका डेढ वर्षे वालिका देखि ६० वर्षीय महिलाको पनि परिक्षण गरिएको छ ।त्यस्तै उनको सम्पर्कमा आएका ३६,२७,२३,२८,५० वर्षका व्यक्तिहरु पनि नेपाल मेडिकल कलेजमा परिक्षण गरिएको छ।
संक्रमण देखिए संगै त्रसित बने संगै वडाको विपद व्यवस्थापन समितिको बैठक बसेर उक्त क्षेत्र सिल गरि स्वास्थ्य परिक्षण गर्ने निर्णय गरेको थियो।
तपाइँको प्रतिक्रिया ।