शंखरापुर नगरपालिका वडा नं १ मा स्थानीयको सहयोगमा नाली सरसफाई
कपन अनलाइन
काठमाडौँ, जेठ ५। लकडाउनका कारण संसार नै लगभग ठप्प छ । नेपालमा पनि कोरोना संक्रमणबाट सचेत रहन सरकारले लक डाउन लम्ब्याएसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संचारकर्मी तथा अत्यावश्यक सेवाका बाहेक सरकारका अन्य अवयव नै लगभग निस्क्रिय छ । यस्तो बेला सडक निर्माण, विकासका पूर्वाधारका काम समेत पूर्ण रुपमा अघि बढिरहेको छैन ।तर शंखरापुर नगरपालिका मा भने फरक रहेको छ ,विकास निर्माण गर्न चाहे लकडाउन र कर्फ्युले पनि फरक पार्दैन रहेछ । वश काममा इच्छाशक्ति हुनुपर्छ । दृढ इच्छाशक्ति भयो भने काम गर्न कुनै आइतबार कुर्नु पर्दैन भन्ने भनाइलाइ शंखरापुर नगरपालिकाले यथार्थमा परिणत गरेको छ ।
शंखरापुर नगरपालिका वडा नं. १ नाङ्लेभारेमा स्थानीय युवाहरूको सहयोगमा सडक छेउको नाली सरसफाइ गरिएको छ ।लकडाउनको सदुपयोग गर्दै साँखु फड्केश्वर सडक अन्तर्गत नाङ्ले चापाबोट खण्डमा सडक छेउको नाली सरसफाइ गरिएको हो ।नाली बन्द भएर सडक बाट पानी बगेर सडक बिग्रने भएकोले करिब ५० युवाहरु मिलेर उक्त नाली सफा गरेको स्थानीय युवा बद्री चौलागाईंले जानकारी गराए । उनले भने बर्षा लाग्न लागिसक्यो अहिले पनि नाली खोलिएन भने बर्षाको भेलले बाटो बिग्रने भएकोले स्थानीयको सहयोगमा सो कार्य गरेको बताए ।
युवाहरुको हौसला बढाउन शंखरापुरका नगर प्रमुख सुबर्ण श्रेष्ठ समेत उक्त सरसफाइमा सहभागी भएका थिए । पहिला पहिला पनि जन समुदाय मिलेर नै नाली खोल्ने र सडक बनाउने काम गरेको स्मरण गर्दै आफ्नो ठाँउ बनाउन युवाहरु जुटनु सकारात्मक भएको नगर प्रमुख श्रेष्ठले बताए ।
साना साना कामको लागि पनि वडा वा नगरपालिका धाउने प्रवृत्ति त्याग्न आग्रह गर्दै अन्य बिकाश निर्माण कार्यहरुमा पनि युवाहरूले अग्रसरता लिनु पर्ने विचार ब्यक्त गरेका थिए । सोहि दिन नगर प्रमुख श्रेष्ठ संग साँखु फड्केश्वर सडक र शाखा सडकहरुको स्तर उन्नति तथा वडा नं. १ को विभिन्न योजनाहरु बारे युवाहरुले छलफल गरेका थिए ।
फोटो :शंखरापुर् न्युज