एक युवतीमा कोरोना संक्रमण देखिए संगै कपन क्षेत्रमा विशेष सतर्कता

एक युवतीमा कोरोना संक्रमण देखिए संगै कपन क्षेत्रमा विशेष सतर्कता

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोकमा बस्दै आएकी सर्लाहीकी एक युवतीमा कोरोना संक्रमण देखिए संगै तेन्जिंग चोक  क्षेत्र शिल गरि अन्य क्षेत्रमा विशेष सतर्कता अपनाइने वडा नं १० ११ र १२ ले निर्णय गरेका छन।

कपन क्षेत्रका तिन वडाले  उक्त क्षेत्रमा खुल्ला तरकारी तथा फलफुल विक्री वितरणमा पूर्ण रोक लगाउने निर्णय गरेको छ भने कुनै पनि घरमा काठमाडौं बाहिर बाट आएका व्यक्तिको सुचना दिनेलाई ५ सय प्रोहोत्साहन रकम दिने पनि निर्णय गरेको छ।

त्यस्तै सो क्षेत्रका मासु पसलहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्दै अत्यावास्यक सेवा प्रदान गर्नेले मानिस ओसार पसार गरेको पाइएमा कारवाही गर्ने जनाएको छ।

त्यस्तै  उक्त बैठकले बुढानिलकण्ठ नगरपालिकाका विभिन्न नाकाहरुमा कडाइ गर्ने निर्णय गर्दै तोकिएको समय बाहेक व्यवसाय संचालन गरेमा १ हजार रुपैया जरिवाना गर्ने निर्बय गरीको छ भने लकडाउनको उल्लंघन गर्नेलाई पनि नगद जारिवाना गराउने निर्णय गरिएको छ।

त्यस्तै तिन वडाको बैठकले प्रकोप नियन्त्रण र रोकथामको अभियानमा अग्र भागमा सक्रिय रहेका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गराउन पनि माग गरेको छ।

त्यस्तै सो बैठकले वडा नं १० का मिलनचोक तरकारी बजार ,ह्यान्डवल मैदान ,बलुवाखानी चोक रुद्रमती चोक /भण्डारी गार्मेन्ट क्षेत्र र वडा नं १२ का आदर्शनगर ,राधा कृष्ण टोल र खरिबोट क्षेत्रमा व्यवसाय गर्न पनि रोक लगाएको छ।

हेर्नुहोस सुचना :

 

तपाइँको प्रतिक्रिया ।