“ग्राउण्ड जिरो” तेन्जिंग चोकमा बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल

“ग्राउण्ड जिरो” तेन्जिंग चोकमा बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ४।

बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल  १८ वर्षीय युवतीमा  कोरोना संक्रमण देखिए पछी सन्त्रासमा रहेको  वडा नं १२ तेन्जिंग चोक पुगेका   छन।

बुढानिलकण्ठ स्वास्थ्य शाखाका प्रमुख कुमार दाहाल ,प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नबिन कार्की , वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं १२ का सदस्य पुरुषोत्तम नेपाल सहित “ग्राउण्ड जिरो” तेन्जिंग चोक पुगेका प्रमुख खरेलले सम्पूर्ण अवस्थाको जानकारी लिएका थिए।

सो अवसरमा संक्रमण देखिएकी युवतीका परिवार संग नगर स्वास्थ्य शाखा प्रमुख दाहालले कुरा गर्दै विवरण लिएका थिए। त्यस पश्चात उनीहरुको  परिक्षणका लागि तत्काल व्यवस्था गर्दै सम्पर्कमा रहेका व्यक्तिहरुको विवरण संकलन गरिएको थियो।

सो अवसरमा नगर प्रमुख खरेलले उक्त क्षेत्रका स्थानीयहरु संग छलफल गर्दै  उक्त क्षेत्रमा सुरक्षाको सम्पूर्ण व्यवस्था नगरपालिकाले मिलाउने बताउदै नगर पालिकामा जांचको गति र दायरा विस्तार गर्ने जानकारी गराएका थिए।

त्यस्तै नगरपालिकाले क्वारेन्टाइन स्थापना गरेको जानकारी दिदै नगर प्रमुख खरेलले वडा नं १२ का सम्पूर्ण क्षेत्रमा संवेदनशिल परिस्थितिलाई बुझेर लकडाउनमा कडाइ गर्न वडालाई निर्देशन दिएका थिए।

चैत्र ८ गते सर्लाही जिल्लाको रामनगर गएकी युवती संगै काठमाडौं मोटर साइकलमा आएका युवा तथा उनको परिवार सम्पर्कमा आएको र उनीहरुको परिक्षण जारि रहेको छ।

संक्रमणको सामाचार संगै बुढानिलकण्ठ नगरपालिकाका नगरवासीहरु त्रसित बनेको समयमा सो स्थानमा पुगेका नगर प्रमुख खरेलले संक्रमण फैलिन नदिन हरेक प्रकारको प्रयास गरिने बताएका थिए।

त्यस्तै नगरप्रमुख खरेलले अटेरी घरबेटी हरुका कारण पनि पछिल्लो समय काठमाडौं आएका व्यक्तिहरुको तथ्यांक संकलनमा अफ्ट्यारो परेको भन्दै कोहि लुकेर बसेको भए तुरुन्त खबर गर्नका लागि आग्रह गरेका छन।

नगरपालिकाले केहि परिक्षण किट व्यवस्थापन गरेको जानकारी दिदै नगर प्रमुख खरेलले जोखिममा रहेका व्यक्तिहरुको परिक्षणलाई तीव्रता दिने बताउदै वडाहरुलाई नगरपालिकाको तर्फ बाट सबै किसिमको सहयोग हुने प्रतिवादत्ता व्यक्त गरेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।