लकडाउनले विरक्तिएका एक किशोरले ‘प्रभुको घर’ पुग्न मध्यरातमा आफ्नै घांटी रेटे

लकडाउनले विरक्तिएका एक किशोरले ‘प्रभुको घर’ पुग्न मध्यरातमा आफ्नै घांटी रेटे

कपन अनलाइन

काठमाडौं ,बैशाख ३१ ।

जसरी लकडाउनले विरक्तिएका एक किशोर ‘प्रभुको घर’ घर पुगे, मध्यरात आफ्नै घाँटी रेटेर ।नेपालको पछिल्लो कोरोना संक्रमणको रफ्तार बढ्नुमा दिल्लीको तबलिगी जमात, अर्थात् इस्लाम धर्मावलम्बीको निर्वाध नेपाल प्रवेश मुख्य कारक हो । यसमा निश्चित धर्म वा सम्प्रदायको भन्दा नेपाली व्यवस्थापन फितलो  कार्यशैली कारक छ ।धर्मको दोष त होइन, तर त्यसको बुझाईमा खोट हुँदा एक किशोर ‘प्रभुको घर’ पुगिछाडे । यी किशोरलाई अन्धो बनाएकोचाहिँ बाइवलले हो । उनी क्रीश्चियन धर्म मान्थे ।

दक्षिणकाली नगरपालिका– ४, बाराही टोलमा दिदी–भिनाजुसँग डेरा गरी बस्ने मोरङ, केराबारीका २३ वर्षीय किशोर असित मगरले वैशाख १३ गते, राति १२ बजेको ‘साइत’ निकालेर आफूलाई ’प्रभुको घर’ लैजान छुरीले आफ्नौ घाँटी रेटेका हुन् ।परिवारका सदस्यले बताएअनुसार, असित लागुऔषधका दुर्व्यसनी पनि थिए ।

अवसरको खोजी गर्न काठमाडौं बस्दै आएका उनी कोरोना संक्रमणका कारण जारी गरिएको लकडाउनपछि विरक्तिन थालेका थिए ।लकडाउनपछि क्रिस्चियन भजन मण्डली (चर्च) हरु बन्द छन् । असितले चर्चको काम घरमै गर्न थाले ।

चैतको तेस्रो साता जारी भएको दोस्रो लकडाउनदेखि असितमा एक किसिमको तनाव देखिन थालेको थियो । एक्लै गुनगुनाउने र अरुसँग खासै नबोल्ने भएका थिए । बेला–बेलामा भन्थे, ‘मलाई प्रभुले बोलाउनुभएको छ, म प्रभुको घरमा जान्छु ।’प्रभु, अर्थात् क्रिस्चियन धर्मावलम्बीले येशु ख्रिष्टका रुपमा आदर गर्ने पात्रप्रति असितको मोहन बढ्दो थियो ।

तर, उनले भन्ने गरेका कुरालाई परिवारले त्यति गम्भीर रुपमा लिएन । किनभने, उनी आफैँ पनि लागुऔषध सेवनकर्ता हुनुका कारण उनका व्यवहारहरु नशाका कारण बद्लिएको उनीहरुको बुझाई थियो । तर, १३ गते मध्यरात उनले आफ्नै घाँटीको वरिपरि चक्कुले रेटेर नशाहरु छिनालिदिए । परिवारले देख्दा उनी रगताम्य भएर भुइँमा ढलेका थिए ।

असितको मामिलामात्रै होइन, लकडाउनपछि काठमाडौंमा अन्य मानिसका मृत्युका अनौठा रुप र शैली देखिएका छन् ।

वैशाख ७ गते गुहे =श्वरीपारिको कुमारीगल्ली ३५, ३६ वर्ष एक पुरुष मृत अवस्थामा फेला परेका थिए  ।दिउँसो ४ बजे कुमारीगाल गुह्येश्वरी टाउन प्लानिङको खाली जग्गामा ती पुरुष मृत फेला परेका थिए । उनको शरीर सेतो बोराले बेरिएको थियो । शव सडेर गन्हाउने अवस्थाको थियो ।उनी को हुन् ? कसरी मरे वा मारिए ? अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।समाचार साभार :जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया ।