बुढानिलकण्ठ -११ मा ३ सय ८९ जनालाई राहत प्रदान
कपन अनलाइन
काठमाडौं ,बैशाख ३०।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा विपन्न तथा दैनिक मजदुरी गर्ने परिवारहरुलाई राहत वितरण गरिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले बौद्ध महायान केन्द्र कपनको सहयोगमा ३८९ परिवारलाई विभिन्न खाद्यान्न सहयोग गरेको थियो।
वडा नं ११ को ग्राम शिक्षा मन्दिर मावीमा बैशाख ३० गते मंगलवार नगरपालिकाको मापदण्ड अनुसार राहत वितरण गरिएको वडा नं ११ का अध्यक्ष राजु अधिकारीले जानकारी दिएका छन।वडाले आव्हान गरे अनुसार आफ्नो नाम दर्ता गराएका परिवारहरूलाई विभिन्न खाद्यान्न सामाग्रीहरु प्रदान गरिएको जानकारी दिदै अध्यक्ष अधिकारीले आजै वडाको यज्ञमति मावी र शान्ति टोलमा पनि राहत वितरण गरिएको बताए।
ग्राम शिक्षा मन्दिरमा भएको उक्त राहत वितरण कार्यक्रममा नगर कार्यपालिका सदस्य सुकुलाल सुनार (संगम ),नेकपा बुढानिलकण्ठ अध्यक्ष रबिन अधिकारी ,वडा सदस्य बिनोद तामांग ,बिमल लामा ,भगवती निरौला सहित स्वयंसेवकहरुको उपस्थिति रहेको थियो।