गोकर्णेश्वर ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीको आम वडाबासीलाई अपिल
कपन अनलाइन
काठमाडौं बैशाख ३० ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले आम वडा बासीलाइ सार्वजनिक सुचना मार्फत अपिल गरेका छन । वडा अध्यक्ष भण्डारीले विश्व भर फैलिएको कोरोना महामारी नेपालमा पनि दिन प्रतिदिन बढ्दै गएको हुँदा लक डाउनको बेला काठमाडौं उपत्यका बाहिर बाट लुकिछिपी काठमाडौं भित्रिएका ब्यक्तिहरुले कोरोना भाइरस फैलाउने जोखिम उच्च रहेको हुँदा गोकर्णेश्वर नगर[पालिका वडा नं ३ भित्र घर एबम व्यवसाय रहेको ब्यक्तिहरुले आफ्नो घर वा व्यवसायमा मान्छे राख्दा उपत्यका बाहिर बाट आएका ब्यक्तिहरुलाइ सम्बन्धित आधिकारिक निकाय बाट स्वास्थ्य परिक्षण गराई कोभिड १९ कोरोना भाइरस संक्रमण नभएको पुष्टी भएको प्रमाण पेश नगरी त्यस्ता ब्यक्तिहरुलाई घरमा वा व्यवसायमा नराख्न अनुरोध गरेका हुन् ।
साथै उनले सो सुचना सूचनालाई बेवास्था गरि त्यस्ता ब्यक्तिहरु राखेको जानकारी वा सुचना पाइएमा तत्काल निम्न ब्यक्ति वा संस्थामा खबर गरि विश्वब्यापी रुपमा फैलिएको महामारी कोभिड १९ बाट आफु आफ्नो परिवार,समुदाय र सिंगो समाजलाई बचाउनको लागि सम्पूर्ण समुदाय समक्ष अपील गरेका छन ।
सम्पर्क व्यक्ति वा संस्थाको सम्पर्क नम्बर निम्न रहेको छ ।
१ गोकर्णेश्वर नगरपालिका वडा न ३ वडा कार्यालय ०१४८०११५७, ९८५१२३८६११
२ बालुवा स्वास्थ्य चौकी ९८५१२४८७५५,९८६०२३१७४९
३ गोकर्णेश्वर स्वास्थ्य शाखा ९८४१३९१०००,९८४१७४४७०६
४ महानगरीय प्रहरी प्रभाग गोकर्ण ९८५४०९०१२२ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन ।