प्याब्सन र नेसनल प्याब्सन द्वारा सरकार संग सहुलियत ऋण माग
कपन अनलाइन
काठमाडौं ,बैशाख ३०।
निजी विद्यालयहरु छाता संगठन प्याब्सन र नेसनल प्याब्सनले प्रशासनिक व्यवस्थापनका लागि सहुलियत ऋण माग गरेका छन् । सरकारले निजी विद्यालयको सहमति बेगर एकलौटी निर्णय गरेर निजी विद्यालयलाई चरम आर्थिक संकटमा पारेको जनाउँदै निजी विद्यालयको संगठन प्याब्सनले सरकारसँग सहुलियतपूर्ण ऋणको माग गरेको हो । प्याब्सनको टोलीले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी आधा दर्जनमाग पेश गरेका हुन् ।
विद्यालयहरु संकटमा रहेका भन्दै शिक्षक–कर्मचारी तलब र घरभाडा तिर्न सरकारसँग ३ वर्षसम्मका लागि सहुलियत ऋण माग गरेका छन् । यसैगरी टोलीले सरकारले चैत महिनाको शुल्क मिनाहा गरेको विषयमा मौन समर्थन गर्दै त्यसको विकल्पका रुपमा तलब र घरभाडा तिर्न र निजी विद्यालयलाई सहुलियत दिन राहत कोष स्थापना गर्न माग गरेको छ ।
उपप्रधानमन्त्री पोखरेलले आउँदो बजेटमा निजी विद्यालयलाई राहत दिने विषयमा छलफल गर्ने बताएको नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिएका छन ।
उपप्रधानमन्त्री पोखरलसँग प्याब्सन अध्यक्ष टिकाराम पुरी ,नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा , प्याब्सन वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानिया र महासचिव कुमार घिमिरे सहितको टोलीले माग पेश गरेको थियो।
हेर्नुसोस मागपत्र :