सुत्केरी भत्ता बोकेर घर घरमा पुग्दै बुढानिलकण्ठनगरपालिका वडा नं ६ का अध्यक्ष
कपन अनलाइन
काठमाडौं ,बैशाख २९।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ ले सुत्केरी महिलाहरुका लागि घर घरमा पुगेर भत्ता तथा पौस्टिक आहार वितरण शुरु गरेको छ।वडा नं ६ का अध्यक्ष नबीन केसी सहितको समुहले वडामा रहेका ५ जना सुत्केरी महिलालाई नगरपालिकाको निर्णय बमोजिमको २ हजार रुपैया र पौस्टिक आहार उपलव्ध गराएको थियो।
कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानमा रहेको नगरपालिकाले सुत्केरी महिलाहरुका लागि विशेष भत्ता दिने निर्णय गरे अनुसार घर घरमै पुगेर सो वितरण गरेको जानकारी दिदै वडा अध्यक्ष नबिन केसीले अन्य कुनै स्थानमा पनि सुत्केरी महिला भएको खण्डमा वडामा सम्पर्क गर्नका लागि अनुरोध गरेका छन।
तपाइँको प्रतिक्रिया ।