कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा राहतका लागि रोजगारी कार्यक्रम शुरु
कपन अनलाइन
काठमाडौँ,बैशाख २९। कागेश्वरी मनोहरा नगरपालिकामा राहतको लागि रोजगारी कार्यक्रम संचालन भएको छ ।लकडाउन अवधिका लागि दैनिक ज्याला मजदुरी गरिखाने बर्गका लागि नयाँ कार्यक्रम राहतको लागि रोजगारी कार्यक्रम अन्तर्गत नगरका प्रत्येक वडाले वडामा विकास निर्माण र सरसफाईको काम डोर हाजिरमा लगाई रोजगारी प्रदान गरेको छ ।
त्यसै क्रममा आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ ले” राहतको लागी रोजगारी आयोजना” छनोट गरी दैनिक ज्याला मजदुरी गरी खाने बर्गका लागी आज बाट काम शुरु भएको वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले बताए । उनका अनुसार सो अभियानमा ५० जना मजदुरहरु सम्मिलित भएको जानकारी गराए ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ भित्र स्थायी तथा अस्थायी बसोबास भएका अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारीगरि खाने नागरिकहरु जसलाई कोरोना भाइरसको कारणले भएको लकडाउनको समयमा आय आर्जन नहुदा हात मुख जोर्ने समस्या सृजना भएको हुँदा उनीहरुलाई भिड भाड गरि राहत बाढ्ने, खाना खुवाउने गर्दा झनै संक्रमणको जोखिम बड्ने सम्भावना भएकोले उनीहरुको स्वाभिमान पनि उठ्ने गरि वडा कार्यलयले समस्या ग्रस्तपरिवारकोलाइ काम प्रदान गरिएको बताए।
उनले राहतको लागि रोजगारी कार्यक्रम मार्फत हाल नेपाल सरकार स्थानीय सरकारमा स्वीकृत गरि पठाएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,स्थानीय तहका विकास कार्यक्रमहरुलाई काम नपाएका स्थानीय श्रमिकलाइ वडाका जनप्रतिनिधिको समन्वयमा काम लगाउने र दैनिक डोर हाजिरमा तोकिएको ज्याला उपलब्ध गराउने गरि काम शुरु गरिएको पनि जानकारी गराए ।
नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले हाल कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा गराइदै आइरहेको निशुल्क भोजन अभियान स्थगित गरिए संगै राहतको लागि रोजगारी कार्यक्रम ल्याइएको बताए।