बुढानिलकण्ठका विभिन्न संस्थाहरुलाई महादेव कोलोनी महिला समुहको सहयोग

बुढानिलकण्ठका विभिन्न संस्थाहरुलाई महादेव कोलोनी महिला समुहको सहयोग

कपन अनलाइन 

काठमाडौं ,बैशाख २९।

बुढानिलकण्ठमा रहेको महादेव कोलोनी महिला समुहले विभिन्न वडामा रहेका संस्था तथा व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ। उक्त समुहले एकै दिन बूढानीलकण्ठ नगरपालिकाका चार वटा वडाहरुमा रहेका संस्थाहरुलाई सहयोग गरेको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १  को  मानव सेवा आश्रम ,वडा नं.२ को  तपस्थली वृद्धाश्रम,वडा नं ३ को नवयुवा बाल सुधार समाज,वडा नं५ बालगृह महासंघलाई दैनिक उपभोग्य सामाग्रीहरु उप[उपलव्ध गराइएको समुहकी अध्यक्ष निशा बरालले जानकारी दिएकी छन।

महिलाहरुको क्षमता विकास,आर्थिक शशक्तिकरण र समाजसेवा गर्दै आएको उक्त समुहले गरेको सहयोग निकै महत्वपूर्ण रहेको बताउदै बुढानिलकण्ठ -३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले समुहका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद दिएका छन।

तपाइँको प्रतिक्रिया ।