कपन नगर बस यातायात प्रालि द्वारा चालक, परिचालक र कर्मचारीहरुलाई खाद्यान्न सहयोग

कपन नगर बस यातायात प्रालि द्वारा चालक, परिचालक र कर्मचारीहरुलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख २८।

कपन नगर बस यातायात प्रा.लि.ले चालक, परिचालक र कर्मचारीहरुलाई खाद्यान्न सहयोग गरेको छ।

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण बस यातायात संचालन हुन पाएका छैनन् जसको कारण खाद्यान्न अभावमा समस्या भोगिरहेका चालक, परिचालक र कर्मचारी गरि ११ जनालाई सहयोग गरेको हो।

उक्त  यातायात प्रा.लि.को कार्यालयमा संचालक समितिका अध्यक्ष नव कुमार केसी अन्य पदाधिकारी र बूढानीलकण्ठ नगरपालिका वडा नं  ११ का सदस्य  विनोद कुमार तामाङको उपस्थितिमा खाद्यान्न सहयोग गरिएको थियो।

समितिका अध्यक्ष नवकुमार केसी र वडा ११ का प्रतिनिधि विनोद कुमार तामाङले संयुक्त रूपमा ११ जना कर्मचारीलाई खाद्यान्न वितरण गरेका थिए भने त्यस मध्ये १ जनालाई ग्यास समेत प्रदान गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।