गजल !
कपन अनलाइन
काठमाडौं ,बैशाख २८ /जीवन आचार्य ‘निश्चल’
राखेर गर्दन अचानो माथी हिडेको छ
काटेर वचन अचानो माथी हिडेको छ
खै कुन्नी के सोचेर आजभोली उसले
ठानेर जतन अचानो माथी हिडेको छ
फर्किन पक्कै हिडेको मान्छे आज भोली
छानेर ऐठन अचानो माथी हिडेको छ
मृत्यु पक्कै पनी टर्दैन टारेर जीवनले
जानेर मदन अचानो माथी हिडेको छ
के नै हुन्छ कति नै हुन्छ भयो भने खती
मानेर सजन अचानो माथी हिडेको छ
तपाइँको प्रतिक्रिया ।