लायन्स क्लब ३२५ ए१ द्वारा नेपालको पहिलो महिला टेम्पो चालक सम्मानित
कपन अनलाइन
काठमाडौं, बैशाख २८ । लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले निस्वार्थ सेवा गरिरहेका सशक्तअभियन्ताहरुलाई सम्मान गरिरहेको छ। मदन कृष्ण श्रेष्ठ ,हरिबंश आचार्य , बसुन्धरा भुषाल,ब्याकुल माइला, कुमार बस्नेत लगायतका श्रस्टाहरुलाई सम्मान गर्दै विपन्नहरुलाई लायन्स फुड बैंकमार्फत खाद्यान्न वितरण गरिरहेको सो क्लवले समता स्कुल मार्फत करिव ६५ हजार विद्यार्थीहरुलाई मासिक १०० रुपैयामा शिक्षा प्रदान गर्दै आएका अनुकरणीय व्यक्तित्व उत्तम संजेल र नेपाल मानव अधिकार तथा शान्ति समाजका सभापति ,बागमती सरसफाई अभियन्ता तथा असहाय बाछाबाछीहरुको संरक्षण अभियानका पहल कर्ता उत्तम पुडासैनीलाई समेत सम्मान गरिसकेको छ।
सोहि अभियानलाइ निरन्तरता दिदै एसियाकै प्रथम महिला सार्वजनिक टेम्पो चालक लक्ष्मी शर्मालाइ पनि सम्मान गरेको छ एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का इमिडेट पास्ट डिस्ट्रिक्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवालप्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन टंकबहादुर श्रेष्ठ र रिजन चेयरपर्सन मधुसूदन सिग्देल लगायत लायन्सका लिडरहरुले शर्मालाई सम्मान गरेका हुन् ।
६ वर्षको उमेरदेखि घरभन्दा बाहिर गई काम गरेर शिक्षाको अवसर नपाए पनि आफ्नै जीवनबाट शिक्षा लिएर टेम्पो चालक, मिस्त्री, ढाका कारखाना र काठका हस्तकला उद्योग संचालन गर्नुका अतिरिक्त चार हजारभन्दा बढी कालिगढ उत्पादन गरेर देश र समाजलाई पुर्याएको योगदान प्रति लायन्सले उच्च सम्मान ब्यक्त गरेको छ ।
हाल कोरोना भाइरसको महामारीको कारणले लागू भएको लकडाउनको समयमा घरको चौघेरा भित्र बस्नु पर्दा भएको एकांकीपनलाई केही हद सम्म भए पनि कम गर्न दीर्घायु र सुस्वास्थ्यको कामनाका साथ यसरी सम्मान गरिएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १का इमिडेट पास्ट डिस्ट्रिक्ट गभर्नर लायन अनन्त प्रसाद भेटुवालले बताए ।
जीवनको यात्रामा अनगिन्ती समस्याहरु र त्यसमा पनि महिला भएकै कारणले अतिरिक्त संघर्ष गर्नु पर्दा पनि हरेस नखाई आफ्नो कर्मलाई निरन्तरता दिएर नारी सवलीकरणको प्रतिक बनेकी शर्मालाई सम्मान गरिएको पनि उनले बताए ।लक्ष्मी शर्माले २०३८ सालदेखि नेपालमा टेम्पो चलाएकी थिइन् । उनलाई नेपालकै पहिलो महिला टेम्पो चालक मानिन्छ ।