अनिकाल (कविता )

अनिकाल (कविता )

कपन अनलाइन 

काठमाडौं ,बैशाख २७ /दिवाकर आचार्य

गरिबको त्यो झूपडी भित्र पस्दछ अनिकाल दाउ गरेर ।
कष्ट दिलाइ विचरालाई आधारमा हण्डी भरेर ।
गर्छ प्रहार न त मानव माथि बोल्दछ न त त्यो नानाभाँति ।
मर्का पार्दछ तर त्यो अति नै विचराहरुले सहन न सक्ने ।

पस्दछ अनिकाल जव घरभित्र मानव बन्छन् चित्र विचित्र ।
लोचन हुन्छन् भित्र पसेका रिसका बन्छन् यिनीहरु चाखा ।
सारङ्गी झैं पेट बनाइ हिंड्छन् दाह्री मूछ उडाइ ।
उदर कराइ गर्दछ पीडा तर पनि च्याप्छन् ताम्बूलवीरा ।

परदेशीको पस्दछ बाढी अनेक कामको बहनापारी ।
दुई मानाको ओदन पात्र गुन्द्रुकसित नै पार्छन खाली ।
पुष्ट गराइ धोक्रे भूँडी लाग्छन बाटो कर दुई जोडी ।
विदा गराइ अतिथिलाई बस्छन शीरमा हात लगाई ।

तपाइँको प्रतिक्रिया ।