बुढानिलकण्ठ १० बालुवाखानीमा संखुवासभा सेवा समाज काठमाडौं द्वारा खाद्यान्न वितरण
कपन अनलाइन
काठमाडौं बैशाख २४। बुढानिलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानीमा शंखुवासभा सेवा समाज काठमाडौंले खाद्यान्न सहयोग गरेको छ ।संखुवासभा घर भइ काठमाडौंमा अस्थाई बसोबास गर्नेहरुलाई खाद्यान्न सहयोग गरेको हो। संखुवासभा घर भई काठमाडौंमा आइ बसोबास गरेका बिपन्न परिवारलाइ लकडाउनको समयमा दैनिक गुजारा चलाउन सहज होस् भनेर आज बुढानिलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानीमा करिब १ सय १६ परिवारलाइ वडा संगको समन्वयमा एक बोरा चामल, नुन, दाल, तेल लगायतको खाद्यान्न सहयोग गरेको हो।
सामाजिक दुरी कायम गरि सुरक्षित तवरले वितरण गरिएको उक्त खाद्यान्न सहयोग कार्यक्रममा संखुवासभा सेवा समाज काठमाडौंका अध्यक्ष नारायण कुमार गुरुङ सहित समाजका पदाधिकारी र बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा सदस्य चन्द्रमान श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।
कोरोना भाइरसको संक्रमणबाट जोगाउन सरकारले लागु गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गरेर खाने र अति विपन्न समुदायलाई लक्षित गरि खाद्यान्न सहयोग गरेको हो संखुवासभा सेवा समाज काठमाडौंले देउसी भैलो बाट संकलित रकम बाट खाद्यान्न सहयोग गरेको समाजका अध्यक्ष नारायण कुमार गरुङले बताए । सो उनले सो अभियानलाइ बिभिन्न दाताहरुले आर्थिक लगायत खाद्यान्न सहयोग गरेको पनि बताए ।उनले काठमाडौंको बिभिन्न स्थानमा पनि खाद्यान्न सहयोग गर्दै आएको पनि बताए ।
कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लक डाउन गरेको पनि एक महिना बढी बितिसकेको छ। लामो समयको लक डाउनको कारण बिशेष गरि गरिब असाहय र दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने मानिसहरु समस्यामा परेका छन । सोहि समस्यालाइ मध्यनजर गर्दै वडाले राहत वितरण गर्ने देखि लिएर बिभिन्न सहयोगी दाताहरुको सहयोगमा निशुल्क भोजन अभियान समेत वडामा संचालन भएको वडा सदस्य चन्द्रमान श्रेष्ठले जानकारी गराए
उनले संखुवासभा बाट काठमाडौंमा बिभिन्न कामको लागि आइ अस्थाई बसोबास गर्नेहरुलाई समाजले गरेको सहयोगको लागि धन्यवाद दिदै उक्त कार्यको प्रसंशा गरेका थिए।