बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा राहत वितरण
कपन अनलाइन
काठमाडौं ,बैशाख १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा पहिलो चरणमा छुटेका विपन्न तथा दैनिक ज्यालादारी गर्ने वडावासीलाई राहत वितरण गरिएको छ।
बुढानिलकण्ठ ८ नं. वडा भित्र पहिलो चरणमा राहात वितरण गर्दा छुटेका ५३२ परिवारलाई चामल ९४८० केजी,दाल १२१४ केजी,तेल ५१४ लिटर ,नुन-५३२ प्याकेट र हातधुने साबुन ७०० थान वडाका ५ स्थान बाट वितरण गरिएको वडा सदस्य माधव पौड्यालले जानकारी दिएका छन।
त्यस्तै वडा नं ८ ले आपतकालीन अवस्थामा पनि विभिन्न सहयोगीहरुको पहलमा राहत उपलव्ध गराउने व्यवस्था गरेको जानकारी दिदै वडा अध्यक्ष सुमन तामांगले लकडाउनको पालना गर्न वडावासिमा अपिल गरेका छन।
तपाइँको प्रतिक्रिया ।