बुढानिलकण्ठका मुसलमानलाई रमजानमा राहत
कपन अनलाइन
काठमाडौं ,बैशाख १९।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानीमा बस्दै आएका पाकिस्तानी नागरिकहरुलाई रमजानको अवसरमा राहत वितरण गरिएको छ। सो क्षेत्रमा विगत ६ वर्ष देखि वसोवास गर्दै आएका १२० परिवारलाई रोटरी क्लव महाराजगंज,पौरखी र इन्हुरेड इन्टरनेसनलको सहयोगमा राहत वितरण गरिएको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा सदस्य चन्द्रमान श्रेष्ठ ,रोटरी क्लव अफ महाराजगंजका रोटरियन जय बहादुर टन्डन , राधिका खड्का , प्रफुल मल्ल ,विजय पोखरेल तथा इन्हुरेड इन्टरनेसनलका सबिना ढकाल र रुपा पौडेल लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै उक्त संस्थाहरुले बुढानिलकण्ठ ७ मा २३ परिवार,टोखाको बानियाटारमा १८ परिवार तथा ललितपुरमा १२ परिवारहरुलाई राहत वितरण गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।