लकडाउन उल्लघंन गर्ने १७ सय ४८ जना प्रहरी नियन्त्रणमा

लकडाउन उल्लघंन गर्ने १७ सय ४८ जना प्रहरी नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ,  बैशाख १८
काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ७६ महिला सहित १७ सय ४८ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि दिउसो ०४:०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।

यसै गरी ६ सय ३४ वटा दुई पाङ्ग्रे र ५१ वटा चारपाङग्रे गरी ६ सय ८५ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी १३ सय २०, ललितपुरमा ३ सय ७५ र भक्तपुरमा ५३ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन  ।लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।