Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/04/95542068_3006721012774939_3528937510568722432_o-627x470.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चन्द्रागिरीको विपद कोषमा NADA र श्री मछिन्द्रनाथ इट्टा उद्योगको सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख १८।

कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन  कोषमा विभिन्न व्यवसायिक संस्थाले सहयोग गरेका छन।

उक्त कोषमा  च.न.पा १० सतुंगलमा रहेको  श्री मछिन्द्रनाथ इट्टा उद्योग(हिरा भट्टा) का संचालक  तीर्थलाल महर्जन, हिराकाजि महर्जन र बि.के महर्जनको तर्फबाट नगद सहयोग  २ लाख  र टेकु काठमान्डौको  Automobile Association of Nepal (NADA) ले  स्वास्थ्य सामाग्री स्वरूप २००० थान सर्जिकल माक्स, २ थान इन्फ्रारेड थर्मल गन सहयोग गरेका छन। 

उक्त सहयोग हस्तान्तरणको अवसरमा  नगर प्रमुख घनश्याम गिरी , नगर उप प्रमुख लिशा नकर्मी सहित नगर प्रवक्ता, वडा नं १२ का  अध्यक्ष, वडा नं ११ का वडा सदस्य तथा नगरपालिका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

उक्त सहयोग ग्रहण गर्दै नगर प्रमुख गिरीले सहयोगका लागि आभार प्रकट गर्दै नगरपालिकाले महामारीको विरुद्ध अगाडी बढाएका अभियानमा सहयोग गर्न अपिल गरेका थिए।

तपाइँको प्रतिक्रिया ।