ढिस्कोमा पुरिएका मजदुरलाई सकुशल उद्दार गर्न सफल बन्यो बुढानिलकण्ठ प्रहरी
कपन अनलाइन
काठमाडौं ,बैशाख १९।
महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठद्वारा ढल निर्माणको काम गर्ने क्रममा माटो खसेर पुरिएका एक व्यक्तिलाई सकुसल उद्धार गर्न सफल बनेको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं ४ पासिकोट स्थित कपुरचोकमा कमलजीत निर्माण सेवाद्वारा शुरु गरिएको ढल निर्माणको कार्य गरिरहेको अवस्थामा खाल्डोमा माटो खसेर पुरिएको खबर महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठलाई प्राप्त भए संगै उक्त स्थलमा पुगेर मजदुरको उद्दार गरिएको थियो।
बैशाख १८ गते करिव ३ बजेर ३० मिनेटको समयमा पुरिएको खबर आए संगै प्रभाग प्रमूख निरीक्षक भुपेन्द्र गिरीको निर्देशनमा ८ जनाको प्रहरी टोलीले स्थानीयहरुको सहयोगमा माटो पन्छाई खाडलबाट सो व्यक्तिलाई उद्वार गरिएको थियो। उद्धार गरिएका घाइते मजदुरलाई तुरुन्तै उपचारका लागि चिरायू अस्पताल लगिएको थियो। हाल सो बिरामीको अवस्था सामान्य रहेको प्रहरी प्रभागले जानकारी दिएको छ।
उद्धार गरिएका व्यक्ति दैलेख जिल्ला स्थायी ठेगाना भै हाल बूढानीलकण्ठ नगरपालिका वडा नं. ४ पासिकोटमा बस्दै आएका २८ वर्षिय हरिस धमला रहेको जानकारी प्रहरीले दिएको छ।