कोरोनाको त्रास(कविता )
कपन अनलाइन
काठमाडौं ,बैशाख १७ / डा. दलिपकुमार मल्ल
हाई कोरोना !
कोरोना ! कोरोना !! कोराना !!!
टिभी, सोसयल मिडियामा कोरोना
गीत कोरोना, कविता कोरोना, गजल कोरोना
गल्लीगल्ली, घर बजार, भित्रभित्र कोरोना
दिमाग खबल्झिरहेको छ
मन कल्पिरहेको छ
कतै मेरो दिमाखमा कोरोना त लागेको छैन
मानसिक तनाव बढेको छ ।
महिनौ भयो घरभित्र कुण्ठित भएको
बाहिर निस्कन पनि डर, त्रास भरिएको छ
यो भय कहिले सम्म रहने हो थाहा छैन
आज मौसम परिवर्तिन भएको छ,
पानी परेको छ, असिना झरेको छ,
चिसो बढेको छु ,
हाँछ्यु हाँछ्यु लागिरहेको छ,
हाँछ्यु ! हाँछ्यु !!
हाय कोरोना त लागेन
मानसिक तनाव बढेको छ ।
सुचनाको हकअधिकार मेरो
विश्व टिभी प्रत्र पत्रिकामा
कोरानाको प्रचार र प्रसार
मानिसको मृत्यु दिनरात बढेको बढ्यै छ ,
मरेका र दुःखीहरुको मात्र फोकस गरेको गर्यै छ
लाखौ रोगले निको भएकापनि छन् होलानी
किन कोरोनाले मरेका मात्र
आज किन हो फेरी अलिजिउँ अरठ्ठिएको छ,
हल्का ज्वरो बढ्दै छ, मौसम परिविर्तिन भएको छ
नाकबाट अलिअलि सिँगान बगेको छ,
यो मगजमा बसेको छ नै कोरोना
हाय कोरोना त लागेन
मानसिक तनाव बढेको छ,
एक्लै घरभित्र बस्दा बस्दै
आफै गाँउने भएछु, आफै नाँच्ने भएछु,
टिभी प्रत्रपत्रिका पढदा पढदै
आफै भित्र कोरोना लागेको अनुभुती भएको छ
कोरोना सुन्दा सुन्दा कोरोनाले ग्रसित भएको छु
हाय कोरोना त लागेन
मानसिक तनाव बढेको छ ।
हाँछ्यु आउनहुँदैन, खोकी लाग्न हुँदैन,
कपाल दुख्न हुदैन्
लाग्छ कतै कोरोनाले समायो कि क्याहो
कोरोना लागेछ कि क्याहो
हे कोरोना तिम्रो आयु कतिहो
तिमी जस्ता कयौं रोग आएगए
तर यो मगजमा तिम्रो त्रासले
मगज निकै खलबलाएको छ
त्यो कहिल्यै हटेर जाने छैन ।