प्रधानमन्त्री केपी ओली र म विच कुनै भनाभन भएको छैन :बामदेव गौतम

प्रधानमन्त्री केपी ओली र म विच कुनै भनाभन भएको छैन :बामदेव गौतम
कपन अनलाइन
काठमाडौं ,बैशाख १४।
नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य बामदेव गौतमले बाहिर संचार माध्यममा आए जस्तै प्रधानमन्त्री र आफु विच कुनै पनि चर्को भनाभन नभएको बताएका छन।
आफु र प्रधानमन्त्री ओलि विच निकै सौहार्द पुर्न वातावरणमा कुर भएको भन्दै गौतमले भने अन्य दिन भन्दा सौम्य र शान्त बनेर प्रधानमन्त्रीले कुरा सुन्नु भएको छ , बाहिर चर्का चर्की भनेर आएछ।
उक्त भेटमा मैले सरकारका समस्या समाधानमा पार्टीलाई सहयोगी बनाउने तथा अध्यादेश लगायतका विशयमा सचिवालय तथा स्थायी समितिको बैठकमा छलफल गरौं भन्ने सुझाव दिएकोर  प्रधानमन्त्रीले गम्भीरता पुर्वक आफ्ना कुरा सुनेको भन्दै गौतमले आफु पार्टी भित्रका सबै कुरा बाहिर राख्नु हुदैन भन्ने मान्यता राख्ने भएकोले पटक पटक आफुले भन्दै नभनेका कुरा समाचार बन्ने गरेको भन्दै स्पष्ट पारेका छन।
प्रेस नोट
हिजो (१३ गते) प्रधानमन्त्री क.केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ । पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो ।

समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।
उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।

तपाइँको प्रतिक्रिया ।