लर्ड्स लाइट एकेडेमी गोकर्णेश्वर ६ मा निशुल्क भोजन अभियान जारी
कपन अनलाइन
काठमाडौं बैशाख १४। गोकर्णेश्वर नगरपालिकामा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ। यसै क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ को लर्ड्स लाइट एकेडेमी मा पनि भर पेट निशुल्क भोजनले निरन्तरता पाउदै आएको छ। होप एण्ड च्यालेन्ज फर ह्युम्यानिटी संस्थाले वडा संगको समन्वयमा लक डाउन अवधिभर खाना खुवाउने अभियानलाइ जारी रहेको हो ।
होप एण्ड च्यालेन्ज फर ह्युम्यानिटी संस्थाका सोनाम वाङचेनले गोकर्णेश्वर नगरपालिका वडा नं ५ नया बस्तिमा र गोकर्णेश्वर नगरपालिका वडा नं ६को लर्डस लाइट एकेडेमीमा निशुल्क भोजनको व्यवस्थापन गरेको जानकारी गराए उनले प्रत्येक दिन उक्त स्थानमा करिब ४सय परिवारलाइ तयारी खाना खुवाइदै आएको बताए ।
कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा निशुल्क खानाको व्यवस्था गरिएको पनि बताए । लर्डस लाइट एकेडेमीले स्थान उपलब्ध गराएर सहयोग गरेकोमा र स्वयं सेवकहरुले सहयोग गरेकोमा सबैलाई धन्यवाद दिएका छन ।
उक्त भोजन गराउने अभियानमा स्वयं सेवकहरुले सहयोगी भूमिका खेल्दै आएका छन। स्वयं सेवकको रुपमा खेटीएकी लेख कुमारी पुडासैनीले पबित्र कार्यमा सहयोग गर्न पाउदा खुसि लागेको बताइन । उनले सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा तयारी खाना खुवाउने अभियानको प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित भएको बताइन ।