बुढानिलकण्ठ -१ मा प्रकोप नियन्त्रण र राहत वितरण प्रभावकारी रहेको छ : सुरेन्द्र लामा (अध्यक्ष )

बुढानिलकण्ठ -१ मा प्रकोप नियन्त्रण र राहत वितरण प्रभावकारी रहेको छ : सुरेन्द्र लामा (अध्यक्ष )

कपन अनलाइन

काठमाडौं ,बैशाख १३।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ का अध्यक्ष सुरेन्द्र लामाले वडा भित्र प्रकोप नियन्त्रण  तथा राहत वितरणको कामलाई प्रभावकारी रुपमा अगाडी बढाएको बताएका छन।

हाल सम्म वडामा ९ जना विदेस बाट आएका ९ जना वडावासीको र्यापिड टेस्ट (RDT ) गरिएको जानकारी गराउदै अध्यक्ष लामाले वडामा रहेका ५०७ जनाले राहत माग गरेकोमा ४४० जनाले प्राप्त गरिसकेको बताए।

लकडाउनको  पहिलो चरणमा प्रातकालिन भ्रमण र अनावस्यक घुमफिरका लागि मान्छे आउने क्रम रहेता पनि वडाले दैनिक २५  जना स्वयंसेवक परिचालन गर्दै अवस्था सामान्य बनाएको अध्यक्ष लामा बताउछन।

त्यस्तै वडावासीलाई कुनै आपतकालीन सेवाको आवस्यकता परेको खण्डमा आफ्नो निजि सवारी सहित यातायातको व्यवस्था गरेको जानकारी दिदै अध्यक्ष लामाले गाउँ फर्कने व्यक्तिहरुलाई व्यवस्थापन गरिएको बताए।

लकडाउनको समयको सदुपयोग गर्दै वडाका विभिन्न स्थानमा सरसफाई कार्यक्रमको आयोजना गरिएको बताउदै अध्यक्ष लामाले यस अभियानमा सहयोग गर्ने आफ्ना सहकर्मी जनप्रतिनिधि,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी तथा स्वयंसेवकहरुलाई धन्यवाद दिएका छन।

वडा भित्र रहेका स्थानहरुमा लकडाउनको पूर्ण पालना गर्नका लागि विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गरेको वडाले प्रकोप नियन्त्रण संगै विकास योजनाका वारेमा पनि छलफल शुरु गरेको जानकारी दिएको छ।

वडामा रहेका स्थानीयहरुको स्वास्थ्य जाँचलाई प्राथमिकता दिएको वडाले अहिले सम्म कुनै संक्रमणको घटना नभएकोले वडा सुरक्षित रहेको जानकारी दिएको छ।

त्यस्तै वडामा रहेका नियमित औसधी सेवन गर्नेहरुका लागि औसधि व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरेको वडाले लकडाउनको पूर्ण पालना गर्न वडावासीलाई अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।