नौलिन मावी बुढानिलकण्ठ -१३ द्वारा अविभावकहरुलाई खाद्यान्न सहयोग

नौलिन मावी बुढानिलकण्ठ -१३ द्वारा अविभावकहरुलाई खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख १२ ।

नौलिन मावी बुढानिलकण्ठ -१३ ले आफ्नो विद्यालयमा अध्ययनरत विधार्थी तथा अविभावकहरुका लागि खाद्यान्न सहयोग गरेको छ। विद्यालयमा अध्ययनरत करिव १९० जना विद्यार्थीका अविभावकहरुलाई चामल तथा नुन सहयोग गरिएको हो।

बिद्यालयका भुतपुर्ब बिद्यार्थी स्थानिय समाजसेवी  राज कुमार श्रेष्ठ , तिर्थलाल श्रेष्ठ, हरिदास श्रेष्ठ बाबु लाल श्रेष्ठ, प्रदिप श्रेष्ठ, कृष्ण श्रेष्ठ, भाई नारायण श्रेष्ठ तथा लक्ष्मण श्रेष्ठको संयुक्त सहयोगमा व्यवस्थापन गरिएको खाद्यान्न वडा नं १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठको उपस्थितिमा वितरण गरिएको हो ।

 बिगत सात बर्ष अगाडि देखि बिद्यालयको विविध क्षेत्रमा निरन्तर सहयोग गरेका  दाताहरु बाट  बिश्वमा माहामारिको रुपमा फैलिएको कोरोना भाईरस (covid -19 ) संगै  देशले गरेको लकडाउन पश्चात अति बिपन्न परिवारलाई सहयोग गरेको  बिद्यालयका प्र अ बिष्णु काजि श्रेष्ठले बताएका छन  ।

त्यस्तै  निरन्तर रुपमा सहयोग गर्ने ति सहयोगि दाताहरुको बिद्यालयले उच्च मुल्याङकन गर्ने  बि ब्य स का नि अध्यक्ष जुजुभाई श्रेष्ठ जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।