खेलाडीलाई प्रशिक्षण दिने उपाय खोज्दै नेपाल ओलम्पिक कमिटी

खेलाडीलाई प्रशिक्षण दिने उपाय खोज्दै नेपाल ओलम्पिक कमिटी

कपन अनलाइन

काठमाडौं ,बैशाख १२।

नेपाल ओलम्पिक कमिटीले  खेलाडीहरुलाई प्रशिक्षण र अन्य तयारीका वारेमा निरन्तर छलफल गर्दै आएको छ।  लकडाउनको अवस्थामा र लकडाउन पछिका दिनहुरुमा खेलाडीलाई कसरी प्रशिक्षण गराउने भन्ने विषयमा कमिटीले  मानार्थ अध्यक्ष, सल्लाहकारहरु, कमिसनका अध्यक्षहरुको सहभागितामा कार्यकारिणी समितिको भर्चुअल  बैठक गरेको छ।

उक्त बैठकमा आगामी दिनमा वाइल्ड कार्डमा सहभागी र अन्य उत्कृष्ट खेलाडीहरुलाई उपयुक्त योजना बनाई तालिम  सञ्चालन गर्ने तथा तत्काल ओलम्पिक कमिटीकासबै सदस्यहरूलाई एकदिनको अनलाइन मनोवैज्ञानिक परामर्श कक्षा संचालन गर्ने निर्णय  गरिएको  थियो ।

तपाइँको प्रतिक्रिया ।