युवा अपाङ्ग संगठन नेपालको राहत सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख १२।
कोरोनाको महामारी को जोखिम न्यूनीकरणका लागि सरकारले लागु गरेको लकडाउनका कारण प्रभावित गोकर्णेश्वर नगरपालिका भित्रका अपाङ्गता व्यक्तिलाई राहत वितरण गरिएको छ । युवा अपाङ्ग संगठन नेपालको विशेष पहल र प्रयासमा विभिन्न समाजसेवी तथा दाताबाट संकलित राहत वितरण कार्यक्रममा अभियान्ताहरु प्रकाश श्रेष्ठ, भीम बहादुर भुजेल, सोनाम तामाङ, अर्जुन श्रेष्ठ लगायतका सहयोगीहरुको संयोजनमा राहत वितरण गरिएको थियो ।
त्यस अवसरमा ४० जना व्यक्तिलाई वितरित राहत उपलब्ध गराउने दानवीरहरुमा अमिना बम्जन,कमल केशरी तुलाधरको विशेष पहलमा सेन्टमेरिज स्कुलका ७८ व्याजका विद्यार्थी, (रुं ५०,००० नगद) , कोटेश्वर निवासी समाजसेवी एवं विश्रान्ती तरकारी तथा फलफूल व्यवस्थापन समितिका अध्यक्ष छविलाल ओझा, (१० बोरा चामल), वोमेन फाउण्डेशन नेपाल, (१०,००० नगद), महिला उपकार समाज सुधार मञ्च मित्रनगर, नयाँबस पार्क( ५ बोरा चामल), जनक कुमारी श्रेष्ठ( ५ बोरा चामल) लगायत थुप्रै दाताहरु थिए ।
गोकर्णेश्वर नगरपालिकाभित्र रहेका करिब तीन हजारको संख्यामा रहेका अपाङ्गहरुमध्ये करिब १०० परिवारलाई राहत वितरण भैसकेको र आगामी दिनमा समस्यमा परेका सबैजसो व्यक्तिलाई क्रमिक रुपमा राहत वितरण गर्ने लक्ष्य रहेको प्रकाश श्रेष्ठले जानकारी दिएका छन् ।
एक महिना लामो बन्दाबन्दीको समयमा विहान बेलुका छाक टार्न धौ धौ भएका व्यक्तिलाई राहत स्वरुप १० केजी चामल, चनाको दाल ५ केजी, आलु ५ केजी, तेल १ लिटर, चिनी १ केजी, नुन १ केजी चियापत्ति आधा केजी, चिउरा १ केजी र सावुन २ थान वितरण गरिएको थियो ।राहत वितरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडा नं ५ का अध्यक्ष नारायण सुवेदी ,वडा नं ६ का अध्यक्ष रमेश अर्याल , छविलाल ओझालगायत उपस्थित रहेका थिए।