राहत वितरण संगै निशुल्क भोजन अभियानमा जुट्दै गोकर्णेश्वर ९ :वडा अध्यक्ष राजिब थापा
कपन अनलाइन
काठमाडौं,बैशाख ११। गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लक डाउनका कारण समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सु्रिक्षत तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ ।त्यो संगै बिपन्न वर्गहरुलाई राहत वितरण गर्ने क्रम पनि जारि रहेको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ ले पनि राहत वितरण कार्यलाइ जारी राखेको छ ।
विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न परिवारलाइ राहत को लागि वितरण गरिएको कुपन अनुसार सुरक्षित तवरले राहत वितरण गर्दै आएको छ। वडा अध्यक्ष राजिब थापाका अनुसार हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा १२ सय कुपन वितरण गरिएको जानकारी गराए।
उनले राहत वितरण प्रणाली अनुसार राहत वितरण गरिएको जानकारी गराउदै आफ्नो संयोजकत्वमा वडा सदस्यहरु र स्वयं सेवकहरु सहित घर घरमै पुगी टोकन वितरण गरेको जानकारी गराउदै सो कुपनमा भएको सम्बन्धित पसल बाट राहत वितरण गरिएको पनि जानकारी गराए ।उनले राहत प्याकिंगको लागि सहयोग गर्ने स्वयं सेवकहरुलाई धन्यवाद समेत दिएका छन् । उक्त राहत वितरण प्रणालीको नगर प्रमुख सन्तोष चालिसेले अनुगमन गरेको पनि जानकारी गराए।
त्यस्तै उनले आज देखि आरुबारीमा निशुल्क भोजन को व्यवस्था गरेको पनि जानकारी गराए ।आज बाट गोकर्णेश्वर नगरपालिका वडा नं ९ को पहल तथा ग्राम निमार्ण बन्धु मण्डल क्लबको संयोजकत्वमा दैनिक ज्याला मजदुरी गर्ने श्रमीकहरुका निशुल्क भोजन अभियान संचालन गर्न लागिएको जानकारी गराए। गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारी स्थित अरुणोदय माध्यमिक बिध्यालयमा विहान १० बजे र बेलुका ६ बजे निशुल्क खानको व्यवस्थापन गर्न लागिएको पनि बताए ।