कागेश्वरी मनोहरा नगरपालिक द्वारा राहत वितरण बिवरण सार्वजनिक
कपन अनलाइन
काठमाडौं बैशाख ५। कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्ण हरि थापाले बैशाख ३ गते सम्म गरेको राहत वितरण को बिवरण सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन । उनले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि आहृवान गरिएको लकडाउनका कारण समस्यामा परेका निम्न आय भएका दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको कपन अनलाइन लाइ जानकारी गराए ।
उनले कागेश्वरी मनोहरा नगरपालिका बाट वडा स्तरिय कोरना कोषमा वडाको जनघनत्व आधारमा खडा गरिएको ५० लाख र नगरपालिकाको वडा नं. १ देखी ९ मा राहत कोषमा जम्मा भएको रकम समेत गरी प्रत्येक वडा मा २०७६ चैत्र २१ गते देखी २०७७ बैशाख ३ गते सम्म बितरण गरिएको बताए।
उनले ६ हजार ९ सय ४२ परिवार मा रू. १०००/- (एक हजार) को कुपन ९ हजार ३ सय ३२ परिवारका सदस्यहरूलाई ९३ लाख ३२ हजार रकम बराबरको बिपन्न राहत कुपन बितरण गरिएको जानकारी गराए। त्यसै गरि उनले बैशाख ४ गते स्वास्थ्य बिभाग बाट २०० पिस थप RDT किट प्राप्त भएको जानकारी गराउदै कागेश्वरी मनोहरा नगरपालिकाको सूचना अनुसार २०७६ चैत्र ३ गते यता बिदेश बाट आएका ८६ जनाको यस नगरपालिका बाट RD Test गरिएको जानकारी गराए।
साथै उनले मिति २०७७ बैशाख ६ गते कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ६ मा रहेको मूलपानी नगर अस्पतालमा RD Test गरिने भएकोले उक्त मितिमा बिदेश बाट आएको ब्यक्तिहरूले आ-आफ्नो वडामा बिस्तृत बिवरण वडा अध्यक्ष अथबा वडा सदस्यहरू मार्फ़त टिपाउन हुन सबैमा अनुरोध गरेका छन ।साथै उनले कागेश्वरी मनोहरा नगरपालिकाको तर्फ बाट यस नगरपालिकामा रहेक ११८ जना महिला स्वयंसेबिकाहरूलाइ पनि अनुरोध गर्दै अहिले संघिय सरकार बाट पनि स्वयंसेबिका हरूलाई समेत परिचालन गर्ने परिपत्र गरेको अवगतै गराउदै
सम्पूर्ण स्वयंसेबिकाहरूमा आफ्नो टोल छिमेकमा दैनिक ज्यालादारी खाने बर्गका लागी नगरपालिकाले मेस चलाउने योजना गर्न लागेको हुदॉ बास्तबिक कति छन सो को संकलन गरि के कसरी कुन ठॉउमा खुवाउन सकिन्छ सो को अध्यान गरी स्वयम् सेविकाहरुको नेतृत्व मा मेस चलाउने योजना रहेको हुँदा आफ्नो वडाका जनप्रतिनिधहरू लाई रिपोर्ट बुझाई सहयोग गर्न समेत अनुरोध छन ।यसअघि कागेश्वरी मनोहरा नगरपालिकाले आलापोट स्वास्थ्य चाौकीमा १८ जना, डाँछी स्वास्थ्य चौकीमा ३२ जना र मुलपानी नगर अस्पतालमा ३६ जनाको RAPID DIGNOSTIC TEST (RDT) गरेकोमा ३ जनाको बाहेक अरु सबैको रिपोर्ट नेगेटिभ आएको पनि बताए ।
RAPID DIGNOSTIC TEST (RDT) गरिएका ३ जनामध्ये २ जनामा कोरोना देखिएको र १ जनामा कोरोना नदेखिएको पनि जानकारी गराए।कोरोना भाइरस (COVID-19) को संक्रमण देखिएको २ जनाको हाल पाटन अस्पतालमा उपचार भैरहेको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी गराए ।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासंगको समन्वयमा बिदेशबाट नगरपालिकाभित्र आएका व्यक्तिहरुको RAPID DIGNOSTIC TEST (RDT) गरिएको पनि बताए ।