संगठनको स्थापना दिवसमा नेपाल रास्ट्रिय शिक्षक संगठन बुढानिलकण्ठको नगरलाई सहयोग
कपन अनलाइन
काठमाडौं ,चैत २९।
२०३६ शाल चैत २९ गते मकवानपुर जिल्लामा स्थापना भएर नेपालको शैक्षिक तथा राजनीतिक आन्दोलनमा महत्वपूर्ण योगदान गरेको नेपाल रास्ट्रिय शिक्षक संगठनको स्थापना दिवस पारेर नेपाल रास्ट्रिय शिक्षक संगठन बुढानिलकण्ठ नगर कमिटिले नगरपालिकाको विपद व्यवस्थापन कोषमा ५० हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ।
कमिटिका अध्यक्ष बिष्णुकाजी श्रेष्ठ सहित उपाध्यक्ष राजाराम भण्डारी ,सचिव श्याम श्रेष्ठ ,कोषाध्यक्ष शम्भु कुँवर सदस्यहरु जय कुमार श्रेष्ठ ,राम लामा,बिनोद पण्डित,पदम बहादुर थापा मगर सहितको टोलीले नगर प्रमुख उद्दव खरेललाई सहयोग रकम हस्तान्तरण गरेको थियो ।
नेपालको शिक्षक आन्दोलन संगठित भएको दिन पारेर प्रकोप नियन्त्रण र रोकथामका लागि योगदान गरेको नेपाल शिक्षक संगठन बुढानिलकण्ठ नगर कमिटिले जानकारी दिएको छ।
तपाइँको प्रतिक्रिया ।