नार्गाजुन नगरपालिकाको राहतमा म्याद नाघेको तेल, दुई देखि तीन लाख सम्म जरिवाना

नार्गाजुन नगरपालिकाको राहतमा म्याद नाघेको तेल, दुई देखि तीन लाख सम्म जरिवाना

कपन अनलाइन 

काठमाडौं ,चैत २९।

नार्गाजुन नगरपालिकामा राहत वितरण गरेकाे तेल म्याद नाघेकाे भेटिएकाे छ । नागार्जुन नगरपालिका ४ मा राहत प्राप्त गरेकाे ब्यक्तिहरूले प्रहरीमा गुनासाे गरे पश्चात अनुसन्धान हुदा तेलमा म्याद नाघेकाे भेटिएकाे हाे।

महानगरीय प्रहरी बृत्त स्वयम्भुका प्रमुख लाल ध्वज सुवेदीले नगरपालिकाकाे वडा नम्बर ४ मा राहतका लागि बितरण गरिएकाे स्वस्तिक तेलकाे मिति नाघेकाे पाएपछि अनुगमनको क्रममा नागार्जुन न.पा. ४ बाफल सितापाइलामा न्यू बि. के. स्टाेरले राहातकाे सामग्रीमा म्याद नाघेकाे सामान प्याकिङ गरी बिक्री गरेकाे पाइएकाे बताए।

प्रहरीले बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागलाई खवर गरेपछि म्याद नाघेकाे २ सय लिटर तेल रहेकाे पुष्टि भएकाे थियाे । बाणिज्य अापुर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आर्चायले उक्त तेल वितरक यू बि. के. स्टाेरलाई उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (ठ)(ड) ३८ (ङ) काे कसुरमा ३९ (ख) वमोजिम रु ३ लाख जरिवाना गरिएको बताए।

विभाग र प्रहरीकाे संयुक्त टाेलीले मिती गुर्जिएकाे ८० प्याकेट तेल नियन्त्रणमा लिई नष्ट गरेकाे छ । त्यस्तै बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागकाे अनुगमनकाे क्रममा कंलकी १४ एल आर आइ  स्कुल नजिकै रहेकाे चितवन खाद्य सप्लाईसमा समेत छापा हानेकाे छ ।

मलेन्द्र बहादुर सिलवालले सञ्चालन गरेकाे ग्यास स्टाेरमा लेवलिङ नभएकाे मूल्य सुचि नभएकाे भन्दै दुई लाख जरिवाना गरिएकाे निर्देशक अाचार्यकाे भनाइ छ त्यस्तै विभागकाे टाेलीले कालिमाटी,कलेश्वर र बल्खु क्षेत्रमा पाँच वटा खाद्यान्नमा दुई वटा तरकारी पसल र तीन ओटा  खाद्यान्न पसलकाे समेत अनुगमन गरेकाेमा सन्ताेस जनक पाईएकाे विभागले जनाएको छ।फोटो सौजन्य :रोसन दानी

तपाइँको प्रतिक्रिया ।