नेपालका सरकारी कम्पनीले अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा प्रारम्भ गरे
कपन अनलाइन
काठमाडौं ,चैत २७।
खुसीको कुरो हो कि यो विपत्तको घडीमा भाटभेटनीजस्ता सुपरमार्केटले गर्दै आएको व्यापारीको काम सरकारले गर्न थालेको छ । त्यो पनि अनलाइनबाट अर्डर लिने,अर्डर आएको दुई दिनभित्रै खाद्यान्न सामान सरकारले उपभोक्ताको दैलोमै पुर्याइदिने । डेलिभरी गरे वापत छुट्टै चार्ज पनि नलाग्ने । हिजैदेखि पहिलो पटक सरकारी कम्पनीहरुले अनलाइनमार्फत सेवा प्रारम्भ गरेको हो ।
सरकारी स्वामित्वमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा प्रारम्भ भएको हो । यस्को श्री गणेश उद्योग वाणिज्य तथा आपूर्ति सचिव तथा कम्पनीको अध्यक्ष वैकुण्ठ अर्याललाई होम डेलिभरी गरेर गरिएको छ ।
साबिकको नेपाल खाद्य संस्था र नेशल ट्रेडिङ आपसमा गाभिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बनेको हो । कम्पनीले पहिलो चरणमा चामल, दाल, कर्णालीको सिमी र फापर बिक्री गर्दै आएको छ ।
कम्पनीले ३० केजीको सोना मन्सुली,जापानीज चामलका अलवा कर्णालीको सीमी,फापर र तीते फाफर होम डेलिभरी गर्नेछ । लकडाउन अवधिभर सामान अर्डर गर्ने उपभोक्तालाई डेलिभरी चार्ज नलिने र कम्पनीले खाद्यान्नको मूल्यमा १० प्रतिशत छुट दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र सुवेदीले सुनाए ।
घरमा सामानहरू मगाउँदा अनलाइन पेमेन्ट समेत गर्न सकिने उनको भनाई छ वा होम डेलिभर गर्न आउनेलाई हातैमा नगद थमाउन सकिन्छ । सरकारी कम्पनीहरूले अनलाइनमार्फत सेवा दिन थालेको यो पहिलो पटक हो ।
यसका लागि नेपाल फुड डटजीओभी डटएनपी अनलाइन पोर्टलबाट खोलेर चाहिएको खाद्यान्न अर्डर गर्न सकिने कम्पनीले जनाएको छ । पहिलो चरणमा कम्पनीले हाललाई खाद्यान्नको डेलिभरी उपत्यकाको चक्रपथ भित्र मात्रै हुने जनाएको छ ।सामाचार साभार : जनआस्था साप्ताहिक