प्रधानमन्त्रीको फोटो जोडेर फेसबुकमा जथाभावी लेख्ने दुई जना बुढानिलकण्ठ -१३ बाट पक्राउ
कपन अनलाइन
काठमाडौं ,चैत २८ ।
प्रधानमन्त्री र मन्त्रीहरुको फोटो जोडेर जथाभावी लेख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले खोटाङ ऐसेलुखर्क १ घर भई बुढानिलकण्ठ चुनिखेल बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रे पनौती ५ का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठलाई बिहीवार भिन्दा भिन्दै स्थानबाट पक्राउ गरेको हो।
नाछिरिङले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको फोटो जोडेर फेसबुकमा फोटो जोडेर मान मर्दनमा आँच आउनेगरी स्टाटस लेखेका थिए।
काभ्रेका श्रेष्ठले पनि प्रधानमन्त्रीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउनेगरी नै लेखेका थिए। उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको र विद्युतीय कारोवार ऐनअन्तर्गत कारवाही हुने साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिएका छन्।
तपाइँको प्रतिक्रिया ।