डियर जिन्दगी ।(कविता )

डियर जिन्दगी ।(कविता )

कपन अनलाइन

काठमाडौं ,चैत २७/सीमा पुरी 

सपना नै सपनाको प्यास

रहेछ जिन्दगी

एक मुठी सास

सङै, आस रहेछ जिन्दगी ।।

 

आकाश छोई निहुरीजाने

बाँस रहेछ जिन्दगी

ढुंगालाई देउता मान्ने

बिस्वास रहेछ जिन्दगी ।।

 

सुखदुःख सम्झनाकै,

आभास रहेछ जिन्दगी

एक मुठी सन्सार भित्र

खोज्नु रहेछ जिन्दगी ।।

 

सबैलाई आफ्नै ठान्ने ,

बिश्वास रहेछ जिन्दगी

एकान्तमा एक्लै रुने ,

आँसु भएछ जिन्दगी ।।

 

मन भित्र लुक्न सक्ने ,

चोट रहेछ जिन्दगी

राम्रो गर्छु भन्दा भन्दै खोट

भएछ जिन्दगी ।

निरन्तर सधैं हिड्नु

यात्रा भएछ जिन्दगी

लागे थकाइ सुस्ताउनु पर्ने

रहेछ जिन्दगी ।।

 

आँखामा सपना सजाई

बाच्नु रहेछ जिन्दगी

छुपाई आँसु हास्न सक्ने

कला रहेछ जिन्दगी ।।

तपाइँको प्रतिक्रिया ।